• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सामसुङ ले सार्वजनिक गर्यो वान यूआई ४ ! के तपाइको सेटले सपोर्ट गर्छ ? हेर्नुस्


काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले वान यूआई ४ भर्सनको नयाँ सफ्टवेयर औपचारिक रुपमा सार्वजनिक गरेको छ । जुन ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस
र ग्यालेक्सी एस २१ अल्ट्रा सिरिजमा पहिलो पटक समावेश हुनेछ ।नयाँ अनुकूलन विकल्प, गोपनीयताका विशेषताहरु र सामसुङको निरन्तर विस्तार भैरहेको इकोसिस्टममा पहुँचसँगै वान

यूआई ४ ले एक उन्नत मोबाइलको अनुभव दिलाउने विश्वास कम्पनीको छ । नयाँ सफ्टवेयर अद्यावधिकले अझ बढी अनुकूलन, अद्यावधिक गोपनीयता सेटिङ्गहरु र त्योभन्दा ज्यादा प्रस्ताव गर्ने कम्पनीले बताएको छ ।‘हामी हरकोहीलाई सम्भव भएसम्म छिटोभन्दा छिटो उत्कृष्ट मोबाइलको अनुभव दिलाउन प्रतिबद्ध छौं,’ सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘वान् युआइ ४ ग्यालेक्सी स्मार्टफोन प्रयोगकर्ताहरुलाई नवीनतम् अनुकूलन र गोपनीयता विशेषताहरु उपलब्ध गराएर आफ्नो प्रतिज्ञा पूरा गर्दछ ।’वान यूआई ४ ले उपभोक्ताहरुको आवश्यकताहरु पूरा गर्ने विश्वास कम्पनीको छ । छनौट गर्नलाई राखिएका सम्पूर्ण नयाँ कलर प्यालेटहरुका साथ मोबाइलको होमस्क्रिनदेखि आइकनहरु, मेनु, बटन र पृष्ठभूमी सबै चीजहरुको बनौट र अनुभव बदल्न सक्ने कम्पनीले बताएको छ ।

गोपनीयतालाई सुरक्षित राख्छ
बलियो सुरक्षा बिना केही पनि गोप्य रहँदैन । त्यसैले वान यूआई ४ का साथ सामसुङले त्यस्तो नवीनतम गोपनीय र सुरक्षाका विशेषताहरु पेश गरेको छ, जसले गर्दा के साझा गर्ने र के गोप्य राख्ने भनेर सही रुपमा चयन गर्न सघाउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार जब कुनै एपले क्यामरा वा माइक्रोफोनमा पहुँच राख्ने प्रयास गरिरहेको हुन्छ त्यस समयमा सचेत गराउनेदेखि नयाँ गोपनीय ड्यासबोर्डसम्म सबै सेटिङहरु र नियन्त्रणहरु एउटै सुविधाजनक स्थानमा ल्याउँछ । यसले उपभाेक्ताको गोपनीयता सेटिङहरुको नियन्त्रण र निगरानी सजिलो बनाउँछ ।

उपलब्धता
ग्यालेक्सी एस२१ सिरिजमा यही नोभेम्बर १५ देखि वान यूआई ४ उपलब्ध भएको छ । छिट्टै नै पहिलेको ग्यालेक्सी एस र नोट सिरिजहरु साथसाथै ग्यालेक्सी जेड सिरिज, ए सिरिज र ट्याब्लेटहरुमा पनि उपलब्ध गराइने कम्पनीले बताएको छ । यो घोषणा शुरु भएको ग्यालेक्सी घडी सिरिजको लागि नयाँ सफ्टवे्यर अद्यावधिकसँगै गरिएको छ । यसबाट प्रयोगकर्ताहरु स्वास्थ्य विशेषताहरु र नयाँ घडी बनौटहरुको मज्जा लिन सक्षम हुने कम्पनीको विश्वास छ ।

निम्न मोडल ले प्राप्त गर्ने छन् नयाँ अपडेट
Galaxy S21 – Available now
Galaxy S21 + – Available now
Galaxy S21 Ultra – Available now
Galaxy S20 – Beta available now
Galaxy S20 + – Beta available now
Galaxy S20 Ultra – Beta available now
Galaxy S20 FE
Galaxy S10 – Beta available now
Galaxy S10e – Beta available now
Galaxy S10 + – Beta available now
Galaxy S10 5G – Beta available now
Galaxy Note:

Galaxy Note 20 – Beta available now
Galaxy Note 20 Ultra – Beta available now
Galaxy Note 10 – Beta available now
Galaxy Note 10+ – Beta available now
Galaxy Note 10 5G – Beta available now
Galaxy Foldables:

Galaxy Z Fold 3 – Beta available now
Galaxy Z Fold 2 – Beta available now
Galaxy Fold
Galaxy Z Flip 3 – Beta available now
Galaxy Z Flip 5G – Beta available now
Galaxy Z Flip – Beta available now
Galaxy A:

Galaxy A82 5G
Galaxy A72
Galaxy A52
Galaxy A52 5G
Galaxy A52s 5G
Galaxy A42 5G
Galaxy A32 5G
Galaxy A71 5G
Galaxy A51 5G
Galaxy A51
Galaxy A21
Galaxy A12
Galaxy A02s
Galaxy A01
Galaxy A11
Galaxy Tab:

Galaxy Tab S7
Galaxy Tab S7 +
Galaxy Tab S7 FE 5G
Galaxy Tab S6 Lite
Galaxy Tab S6
Galaxy Tab Active 3
Galaxy Tab A7 (2020)
Galaxy Tab A7 Lite

December 2021
Galaxy Z Fold 3
Galaxy Z Flip 3
January 2022
Galaxy Z Fold 2
Galaxy Z Flip
Galaxy Z Flip 5G
Galaxy S20 + / S20 Ultra / S20 FE
Galaxy Note 20 / Ultra
Galaxy Note 10/10 + / 10 + 5G
Galaxy Fold
February 2022
Galaxy A52 5G
Galaxy S20
Galaxy S10 5G
Galaxy S10
Galaxy S10e
Galaxy S10 +
Galaxy S10 Lite
Galaxy Tab S7
Galaxy Tab S7 +
Galaxy Tab S7 + 5G
March 2022
Galaxy Tab S7 FE
April 2022
Galaxy A51 5G
Galaxy A51
Galaxy A71 5G
Galaxy Tab S7 FE 5G
Galaxy Tab S6 Lite
May 2022
Galaxy Tab S6
Galaxy Tab Active 3
Galaxy Tab A7 (2020)
Galaxy A42 5G
Galaxy A32 5G
June 2022
Galaxy Tab A7 Lite
Galaxy XCover Pro
July 2022
Galaxy A21
Galaxy A12
August 2022
Galaxy A02s
Galaxy A01
Galaxy A11

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार