• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ मंसिर २० गते साेमवार, यस्तो छ आजको राशिफल


२०७८ मंसिर २० गते, साेमवार, ६ डिसेम्बर २०२१। मार्ग शुक्लपक्ष द्वितीया तिथि, ९ः०९ बजेदेखि तृतीया। मूल नक्षत्र, ८ः३७ बजेदेखि पूर्वाषाढा। चन्द्रराशि– धनु।वि.सं.
मंसिर २०, २०७८ । ई.सं. ६ डिसेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलाथ्व।राक्षस, दक्षिणायन हेमन्त । सोमबार मार्ग शुक्लपक्ष । तिथि- द्वितीया,९:०९ बजे उप्रान्त

तृतीया । नक्षत्र- मूल, ८:३७ बजे उप्रान्त पूर्वाषाढा । योग- गण्ड, २४:५६ बजे उप्रान्त वृद्धि । करण- कौलव ९:०९ बजेदेखि तैतिल, २०:०१ बजे उप्रान्त वव । चन्द्रराशि धनु । आनन्दादि योग लुम्ब । दिनमान २६।०२ । सूर्योदय ६:४२ । सूर्यास्त १७:०७ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । धर्म कर्ममा मन लाग्नेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मविश्वास बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसँग भेट पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आस्था बढ्नेछ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । पारिवारिक समस्या पनि बढ्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सांस्कृतिक क्षेत्रबाट सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सौन्दर्यतामा धन खर्च हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन । विद्या र बुद्धिको विकास हुनेछ । पुँजी बजारको क्षेत्रबाट सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इष्टमित्र संग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पनि पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज जुनै समाचारले शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामान हराउने वा चोरी हुने भय छ । टाउको दुख्ने तथा रुघा लाग्नेजस्तै समस्याले सताउन सक्छ, तर शेयर बजारबाट लाभ भने मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । शुभ कार्य पनि होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार