• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले स्थायी कमिटी गठनको तयारी, यी हुन् सम्भावित सदस्य, भीम रावल परेनन् लिस्ट मा


काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी गठनको तयारी गरेको छ।अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार अध्यक्ष ओली र उनी निकटका पदाधिकारीहरुले
स्थायी कमिटीमा ल्याउने नेताहरुको मोटामोटी टुंगो लगाइसकेका छन् ।पदाधिकारीमा निर्वाचित १९ जनाबाहेक २६ जना नेतालाई एमालेले स्थायी कमिटीमा लैजानुपर्नेछ।अध्यक्ष ओली निकट

स्रोतले उपलब्ध गराएको सूची अनुसार अघिल्लो स्थायी कमिटीका सदस्य रघुजी पन्त, घनश्याम भूसाल, किरण गुरूङ, मणि थापा र भीम आचार्य स्वतः स्थायी कमिटी सदस्यमा मनोनित हुनेछन् ।पार्टीको दशौं महाधिवेशनबाट यी नेताहरु पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । तत्कालीन उपाध्यक्ष भीम रावलले भने केन्द्रीय सदस्यको समेत शपथ नलिने बताइसकेका कारण उनलाई ओलीले स्थायी कमिटीको लिस्टमा राखेका छैनन् ।यी बाहेक खगराज अधिकारी, भानुभक्त ढकाल, विन्दा पाण्डे, थममाया थापा, यामलाल कँडेल, प्रभु साह, देवराज घिमिरे, गुरु बराल, शेरधन राई र कृष्ण गोपाल श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्नेबारे लगभग सहमति भइसकेको एमालेका एक पदाधिकारीले बताए ।उनका अनुसार, नेताहरु शेरबहादुर तामाङ, राजन भट्टराई, किरण गुरुङ, बैजनाथ चौधरी, कर्ण थापा, अरुण नेपाल, शिवमाया तुम्बाहाङ्फे, काशीनाथ अधिकारी, परशुराम मेघी गुरुङ, अग्नि खरेल, गोकुल घर्ती र गोरख बोगटीको नाम पनि स्थायी कमिटीमा राख्ने सूचीमा समावेश गरिएको छ ।

‘हामीले अध्यक्ष ओलीलाई सबै क्षेत्र समेटर नयाँ पुराना नेताहरुको सम्मान हुने गरी स्थायी कमिटी सदस्य बनाउनुपर्ने सुझाव दिएका छौं,’ एक पदाधिकारीले भने, ‘उहाँ सकारात्मक हुनुहुन्छ । हेरौं के हुन्छ ?’एमालेले मंसिर २६ र २७ गते बोलाएको पार्टी केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी र पोलिटव्यूरो कमिटी गठन गर्ने तयारी गरेको छ । त्यसका लागि अध्यक्ष ओलीले आफू निकट नेताहरुसँग परामर्श गरिरहेका छन् । एमालेको विधानअनुसार स्थायी कमिटी ४५ र पोलिटव्यूरो ९९ सदस्यीय हुनेछ ।

भीम रावल माने मनोनयन गर्ने
एमाले नेताहरूका अनुसार दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका नेता भीम रावललाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी समेत भएको छ । रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनले शपथ लिन अस्वीकार गरेका थिए ।ओलीले आफ्नो प्यानलबाट केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको लिस्ट घोषणा गर्नुअघि रावललाई उपाध्यक्ष पदमा बस्न आग्रह गरिए पनि रावलले अस्वीकार गरेको ओली निकटका नेताहरूले बताउँदै आएका छन् ।

यद्यपि रावलले भने सहमतिका लागि आफूसँग त्यस्तो कुनै छलफल नै नभएकाले आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताउँदै आएका छन् । ओलीनिकट एक पदाधिकारी भन्छन्, ‘उहाँले मान्नुभयो भने केन्द्रीय सदस्यमा मनोनयन गर्ने र त्यसपछि स्थायी समितिमा लैजाने भन्ने छ । तर, मान्ने नमान्ने रावलजीकै कुरा हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार