• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ मंसिर २३ गते बिहीवार, यस्तो छ आजको राशिफल


२०७८ मंसिर २३ गते, बिहीवार, ९ डिसेम्बर २०२१। मार्ग शुक्ल पक्ष षष्ठी तिथि। धनिष्ठा नक्षत्र। चन्द्र राशि– मकर, १६ः१७ बजेदेखि कुम्भ। वि.सं. मंसिर २३, २०७८।
ई.सं. ९ डिसेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलाथ्व । राक्षस, दक्षिणायन हेमन्त । बिहीबार मार्ग शुक्लपक्ष । तिथि- षष्ठी, २५:४४ बजे उप्रान्त सप्तमी । नक्षत्र-

धनिष्ठा, २७:५७ बजे उप्रान्त शतभिषा । योग- व्याघात, १६:४९ बजे उप्रान्त हर्षण । करण- कौलव १४:२४ बजेदेखि तैतिल, २५:४४ बजे उप्रान्त भद्रा । चन्द्रराशि मकर । आनन्दादि योग श्रीवत्स । दिनमान २५।५७ । सूर्योदय ६:४४ । सूर्यास्त १७:०७ । ध.पञ्चक प्रा.१६:१७ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लगानीको वातावरण बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइएला । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । शुभ समाचार सुन्नमा आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । विद्यामा सफलता पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहन सुख पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक काम पूरा हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्मकर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार