• २०८१ कार्तिक १९ गते सोमवार
  • Preeti To Unicode

घनश्याम इन, भीम रावल आउट !


काठमाडौं । नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौंमा बस्दैछ । बैठकले स्थायी कमिटी र पोलिटव्युरो
कमिटी गठन,नेताहरुको जिम्मेवारी बाँडफाँड र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनित लगायत बिषयमा छलफल हुने एजेण्डा रहेको केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए ।एमालेको

१०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पदाधिकारी र सदस्यहरुको बैठक शपथग्रहणलगत्तै सौराहा बसेको थियो । एमालेको विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो कमिटी गठन हुन्छ ।एमालेको १० औं महाधिवेशनले १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको छ ।केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी गठन हुन्छ । त्यस अघि अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक गृहकार्यमा जुटेका छन् । एमाले स्रोतका अनुसार अध्यक्ष ओली आफू निकट नेताहरुसंग अहिले दिनहुँ छलफल गरिरहेका छन् ।स्थायी कमिटीमा क–कसलाई ल्याउँने बारेमा छलफल गरिरहेका अध्यक्ष ओलीले उनीहरुको नाम करिब टुंगो लगाईसकेका छन् । महाधिवेशनबाट निर्वाचित १९ जना पदाधिकारी स्वतः स्थायी कमिटीमा पर्नेछन् । त्यसबाहेक २६ जनाको नामावली अध्यक्ष ओलीले टुंगो लगाईसकेको स्रोतको दावी छ ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, बिष्णु रिमाल सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ स्वतः स्थायी कमिटी सदस्य हुनेछन् ।त्यसबाहेक २६ स्थायी कमिटी सदस्यको नामावली टुंगो लगाउने जिम्मा ओलीले लिएका छन् । यसअघि स्थायी कमिटी रहिसकेका र दशौं महाधिवेशनमा केन्द्रीय कमिटीमा निर्वाचित भएका लगभग सबैलाई स्थायी कमिटीमा राखिने ओलीनिकट स्रोतको दाबी छ ।

तर भीम रावलले केन्द्रीय सदस्यको पनि सपथ नखाएकाले उनलाई भने स्थायी कमिटीमा ओलीले ल्याउन चाहेका छैनन् । रावलले अध्यक्षमा ओलीलाई चुनौती दिएका थिए । रावल अध्यक्षको उम्मेदवार भएकाले सम्मानस्वरूप स्थायी कमिटीमा ल्याउनुपर्ने कुरा उठिरहेको छ तर ओलीले रावलको नाम लिस्टबाट हटाएका छन् ।स्थायी कमिटी सदस्यमा उपाध्यक्ष उठेर हारेका घनश्याम भुसाल पनि आउने सम्भावना छ । त्यस्तै थममाया थापा, शिवमाया तुम्बाहाङ्फे,

भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, विन्दा पाण्डे, प्रभु साह, गुरु बराल, किरण गुरुङ, राजन भट्टराई, शेरबहादुर तामाङ, शेरधन राई, देवराज घिमिरे, शेरधन राईलगायतका आफूनिकट नेताहरूलाई ओलीले स्थायी कमिटीमा ल्याउन चाहेका छन् ।स्थायी कमिटी सँगसँगै केन्द्रीय कमिटीको पूर्ण बैठकले ९९ सदस्यीय पोलिटब्यूरो पनि गठन गर्नेछ । स्थायी कमिटीमा नपरेका तर पार्टीभित्र लामो समय काम गरेका कतिपय नेताहरूलाई पोलिटब्यूरोमा राखिनेछ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार