काठमडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले डा.शेखर कोइरालाको प्यानललाई समर्थन गरेका छन्।शेखरको
नेतृत्वमा बनेको प्यानललाई समर्थन गर्दै शशांकले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गरेका छन् ।सभापतिको उम्मेद्वार दावी गर्दै आएका बीपी पुत्र शशांकले यसअघि नै शेखरलाई साथ दिने
संकेत गरेका थिए ।तर सभापतिको साझा उम्मेद्वार बनाउने प्रयत्न भइरहँदा शशांक प्रष्ट बोलेका थिएनन् । संस्थापन इतर समूहबाट शेखर र प्रकाशमान सिंह दुवै सभापतिको उम्मेद्वार बन्ने भएपछि शशांकले शेखरलाई समर्थन गरेका छन् ।वरिष्ठ नेता पौडेलले पनि शेखरलाई समर्थन गरेका छन् । पौडेल निकट नेताहरुलाई पदाधिकारीमा समेट्दै शेखरले प्यानल बनाएका छन् ।
प्यानलसहित शेखर कोइरालाले गराए सभापतिमा उम्मेदवारी दर्ता, यस्तो छ टीम
काँग्रेसको सभापति पदमा केन्द्रीय सदस्य शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दलबलसहित राष्ट्रियसभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनका टीमका अन्य पदाधिकारीहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
कोइरालको टीममा उपासभापतिको उम्मेदवार चन्द्र भण्डारी र धनराज गुरुङ रहेका छन् । यस्तै महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन् भने सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार,
मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरी रहेका छन् ।