• २०८१ साउन ९ गते बुधवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ मंसिर २६ गते आइतवार, यस्तो छ आजको राशिफल


२०७८ मंसिर २६ गते, आइतवार१२ डिसेम्बर २०२१। मार्ग शुक्लपक्ष नवमी तिथि। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि– मीन।वि.सं. मंसिर २६, २०७८ ।ई.सं. १२ डिसेम्बर
२०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलाथ्व । राक्षस, दक्षिणायन हेमन्त । आइतबार मार्ग शुक्लपक्ष । तिथि- नवमी, २४ :०८ बजे उप्रान्त दशमी । नक्षत्र- उत्तर भाद्रपदा,

२८:२१ बजे उप्रान्त रेवती । योग- सिद्धि, ११:२० बजे उप्रान्त व्यतीपात । करण- वालव १२:०५ बजेदेखि कौलव, २४:०८ बजे उप्रान्त वणिज । चन्द्रराशि मीन । आनन्दादि योग स्थिर । दिनमान २५।५४ । सूर्योदय ६:४६ । सूर्यास्त १७:०८ । पञ्चक, पाँगा वैष्णवदेवी यात्रा, धनगढी दुर्गाजाँत, डोटी पोखरी जाँत ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । शेयर बजारमा लगानी गर्नु उपलब्धीमूलक नहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । पुँजी बजारको लगानी कमजोर हुनसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफूले गरेका कामबाट राम्रै लाभ हुनेछ । राजनैतिक सफलता मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्ममा मन जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लाभहानी, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार पनि आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा समेत चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार