• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेले तोक्यो ७ प्रदेश अध्यक्ष


नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो । जसअनुसार प्रदेश १ को अध्यक्षमा
तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह

र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ ।

दुर्गा प्रसाई एमाले केन्द्रीय सदस्य मनोनित, झापाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेदवार

काठमाडौं नेकपा एमालेले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । शनिबारबाट बसेको दोस्रो केन्द्रीय कमिटिको बैठकले प्रसाईलाई

केन्द्रीय सदस्य बनाएको हो ।गत असोज १५ देखि १७ गतेसम्मको विधान महाधिवेशन बेला गोदावरीमा देखिएका प्रसाई कार्तिक ७ गते झापाको विर्तामोडमा भएको भव्य समारोहमा एमालेमा

प्रवेश गरेका थिए।चितवनमा भएको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बनेर आएका थिए । आफू प्रवेशसँगै अन्य माओवादी नेतालाई पनि उनले एमालेमा प्रवेश गराइरहेका छन् । लामो समय प्रसाई नेकपा माओवादी केन्द्रमा रहे । विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निकट रहेका प्रसाई एमाले र माओवादी केन्दको एकतादेखि चर्चामा आएका हुन्।झापाको विर्तामोडमा रहेको बीएण्डबी मेडिकल कलेजलाई सम्बन्धन दिलाउने सिलसिलामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र गिराजमणी पोखरेलले असहयोग गरेको आरोप प्रसाईले लगाउँदै आएका छन् ।

उनी ओली र प्रचण्डलाई मार्सीको भात खुवाइएपछि भाइरल भएका थिए। झापाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेदवारमा उनको चर्चा हुन थालेको हो।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार