• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

एमालेले तोक्यो नेताको वरियताक्रम : ओली र पोखरेलपछि ज्ञवाली, सचिवमा रायमाझी र भट्ट अगाडि


नेकपा एमालेले नेताहरु को वरियताक्रम तोकेको छ । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो । अध्यक्ष केपी ओली र
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरूको पहिलो वरियतामा युवराज ज्ञवाली परेका छन्।त्यस्तै ज्ञवालीपछि अष्टलक्ष्मी शाक्य रहेकी छन् भने रामबहादुर थापा तेस्रो र विष्णु पौडेल

चौथो वरियतामा छन् । पौडेल पछिको वरियतामा सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे छन् । त्यस्तै महासचिव शंकर पोखरेलपछि उपमहासचिव प्रदीप ज्ञवाली पहिलो वरियतामा रहँदा पृथ्वीसुब्बा गुरुङ दोस्रो र बिष्णु रिमाल तेस्रो वरियतामा छन् ।

यस्तो छ बरियताक्रम :
अध्यक्ष : केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल
उपाध्यक्ष : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे
महासचिव : शंकर पोखरेल
उपमहासचिव : प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल
सचिव : टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल

एमाले प्रचार प्रमुख पृथ्वीसुब्बा, स्कूल विभाग प्रमुख प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेले विभागीय प्रमुखहरु टुंग्याएको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले विभागीय प्रमुख टुंग्याएको हो । पदाधिकारीमध्ये अध्यक्ष केपी
शर्मा ओली र महासचिव शंकर पोखरेललाई भने कुनै विभागीय जिम्मेवारी तोकिएको छैन । ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान बनाएर त्यसको प्रमुखको जिम्मेवारी दिइएको छ ।

स्कुल विभाग प्रमुखको जिम्मेवारी भने प्रदीप ज्ञवालीलाई दिइएको छ ।युवराज ज्ञवालीलाई स्थानीय तह, प्रदेश र संघको समन्वय प्रमुखको जिम्मेवारी दिइएको छ । अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय विभाग, रामबहादुर थापा बादललाई राष्ट्रिय सुरक्षा, विष्णु पौडेललाई पार्टी संगठन अनुगमनको जिम्मेवारी दिइएको छ ।सुवास नेम्वाङलाई संसदीय मामिला र सुरेन्द्र पाण्डेलाई राजकीय मामिलाको जिम्मेवारी दिइएको छ । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, लेखा विभाग विष्णु रिमाल र योगेश भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी दिइएको छ । संगठन विभाग प्रमुख खगराज अधिकारी बनेका छन् ।कार्यालय सचिवको जिम्मेवारी भीष्म अधिकारीलाई दिइएको छ ।

व्यक्तिगत निर्णय लिनु गलत पृथ्वीसुब्बा
नेकपा एमालेका उपामहासचिव पृथ्वीसुब्बा गुरुङले स्थायी कमिटी र पोलिटव्यूरो गठनप्रति असन्तुष्टि जनाएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नाम प्रस्ताव गरेपछि उनले असन्तुष्टि जनाएका हुन् । मापदण्ड नबनाएको र व्यक्तिगत निर्णय गर्दा २/३ कार्यकाल काम गरेका नेताहरु समेत पोलिटव्यूरोमा छुटेको भन्दै गुरुङले भनेका छन्, हामी कसरी लिडरसिपको विकास गर्छौ भन्ने कुरा मुख्य हो । एउटा मापदण्ड बनाएनौं भने हुने यस्तै हो ।’व्यक्तिगत रुपमा निर्णय लिनु गलत भएको भन्दै उनले सामूहिक निर्णय प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् ।

शनिबार शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनयनको प्रस्ताव गरेका छन् । त्यस्तै उनले पोलिट्व्यूरो र स्थायी कमिटीमा पनि नेताहरुको नाम प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार