• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेको स्थायी कमिटी : हिक्मत कार्कीदेखि प्रभु साहसम्म, भिम रावल कहिँ कतै परेनन् !


नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी
कमिटी प्रस्ताव गरेका हुन् । त्यसक्रममा अध्यक्ष ओलीले १९ पदाधिकारीसहित २६ जना समेटेर स्थायी कमिटीको प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार स्थायी कमिटीमा

नेताहरु घनश्याम भुसाल,गुरु बराल, देवराज घिमिरे, भीमप्रसाद आचार्य,लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी, रघुजी पन्त प्रस्तावित नाम हुन् । त्यसैगरी भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की पनि स्थायी कमिटीमा प्रस्ताव भएका छन् । पूर्व माओवादीतर्फबाट मणिचन्द्र थापा र प्रभु साह पनि स्थायी कमिटीमा समेटिएका छन् । प्रस्तावित नाममाथि जारी केन्द्रीय कमिटी बैठकमा छलफल जारी छ ।

एमालेको ९९ सदस्यीय पोलिटब्यूरो गठन (हेर्नुस् सूची)
नेकपा (एमाले)ले ९९ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको हो ।जसमा १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिएका छन् । पोलिटब्युरोमा घनश्याम भुसाल, गुरु बराल, देबराज घिमिरे, भिमप्रसाद आचार्य, किरण गुरुङ, खगराज अधिकारी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, एमलाल कँडेल, अग्नि खरेल, प्रशु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे,

गोरख बोगटी, राजेन्द्र गौतम, रामनाथ थापा, शेरबहादुर तामाङ, शिवमाया तुङ्बाहाम्फे, हिक्मत कार्की, गोकुल बास्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लिला गिरी, जगत विश्वकर्मा, बालकृष्ण ढुंगेल, जितबहादुर गौतम, ईश्वरी रिजाल, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, राम दयाल मण्डल, बैजनाथ चौधरी, गोकुल घर्ती, दलबहादुर राना, डकराज सिग्देल, लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्र रावत, नारदमुनि राना, लिलाबहादुर थापा मगर, सुजिता शाक्य, ज्वाला कुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, अच्युत मैनाली, बिशाल भट्टराई, गणेश ठगुन्ना, खिमलाल भट्टराई, दधीराम न्यौपाने, देवेन्द्र दाहाल र रामेश्वर फुँयाल रहेका छन् ।

त्यसैगरी, ठाकुर गैरे, तिलकुमार मेयाङ्बो, जुली महतो, गौरी ओली, निरु पाल, बिमला घिमिरे, लिला भण्डारी, शान्ता चौधरी, सिता गिरी, नरुलाल चौधरी, कृष्ण राई, गुलावजंग शाह, लक्ष्मी पोखरेल, सुर्य थापा, मनकुमारी जिशी, सुशिला नेपाल र पार्वत गुरुङ रहेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार