• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

यी हुन् ७ प्रदेशमा एमालेका इन्चार्ज


काठमाडौँ —नेकपा (एमाले)ले प्रदेश कमिटी ईन्चार्जको नामावली टुंग्याएको छ । भक्तपुरमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशको ईन्चार्ज
तय गरेको हो ।महासचिव शंकर पोखरेलका अनुसार प्रदेश १ को ईन्चार्जमा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, वाग्मती प्रदेशको ईन्चार्ज काशीनाथ अधिकारी, गण्डकी प्रदेशको

ईन्चार्जमा पद्मा अर्याल, लुम्बिनी ईन्चार्जमा छविलाल विश्वकर्मा, कर्णाली ईन्चार्ज यामलाल कँडेल, सुदूरश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट रहेका छन् ।यस्तै एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई दिइएको छ । युवा संघको ईन्चार्ज महेश बस्नेत भएका छन् ।उपमहासचिव प्रदीप ज्ञवालीलाई स्कुल विभाग प्रमुख र खगराज अधिकारीलाई संगठन विभाग प्रमुख बनाउने निर्णय पनि बैठकले गरेको महासचिव पोखरेलले जानकारी दिए । उनका अनुसार प्रदेश पदाधिकारी र केन्द्रीय नेताहरुको कार्यविभाजन पनि बैठकले गरेको छ।

यस्तो छ एमाले पदाधिकारीको वरीयता क्रम
नेकपा (एमाले)ले पदाधिकारीका वरीयता क्रम निर्धारण गरेको छ । जसअनुसार ६ उपाध्यक्षमध्ये पहिलो नम्बरमा युवराज ज्ञवाली, उपमहासचिवमा प्रदीप ज्ञवाली, सचिव टोपबहादुर रायमाझी पहिलो नम्बरमा रहेका छन् । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले पदाधिकारीको वरीयता निर्धारण गर्ने निर्णय गरेको हो ।

वरीयताक्रम यसप्रकार छ
अध्यक्ष
केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष

ईश्वर पोखरेल
उपाध्यक्षहरु

युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
रामबहादुर थापा
विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ
सुरेन्द्र पाण्डे
महासचिव

शंकर पोखरेल
उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल
सचिव

टोपबहादुर रायमाझी
लेखराज भट्ट
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
गोकर्ण विष्ट
योगेश भट्टराई
पद्मा अर्याल

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार