• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

१० बुँदे पक्षधरलाई विभेद : नेम्वाङदेखि भुसालसम्मले गरे आलोचना, यो घोर अन्याय भो, स्वीकार गर्न सकिँदैन : भुसाल


नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनितदेखि नेताहरुको कार्यविभाजन समेत सन्तुलित नभएको भन्दै धेरैजसो पदाधिकारी र केन्द्रीय सदस्यहरुले
आपत्ति जनाएका छन् । आइतबार को बैठक मा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनदेखि, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश इन्चार्ज र नेताहरुको कार्य विभाजनप्रति नेताहरुले असन्तुष्टि

जनाउदै सच्याउन भनेका हुन् । तर, ओलीले प्रस्ताव गरेका कुनैपनि प्रस्तावहरू संशोधन नगरी पारित गरिएको छ । ओलीले प्रस्ताव गरेका कमिटी र कार्य विभाजनप्रति नेता सुवास नेम्वाङले यो बेठीक भो भनेर प्रतिवाद गरेका थिए । त्यस्तै पृथ्वी सुव्वा गुरुङले पनि यो गलत भयो सच्याउनुपर्छ भनेका थिए । नेता युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पनि छलफल नगरी एकपक्षीय ढंगले प्रस्ताव पेश गरेकोमा बैठकमा असन्तुष्टि जनाएका थिए । त्यस्तै सुरेन्द्र पाण्डे, नेता योगेश भट्टराई,गोकर्ण विष्ट लगायतका पदाधिकारीहरुले ओलीको प्रस्तावप्रति असन्तुष्टि जनाएका थिए । नेता घनश्याम भुसालले सवै विषयमा आपत्ति जनाएका थिए । ‘यो घोर अन्यायपूर्ण र अपमानपूर्ण छ’, भुसालले बैठकमा धारणा राखेका थिए । ‘यो कुरा कुनै हालतमा पनि स्वीकार गर्न सकिदैन, स्वीकार गर्ने बनाउनुस्’, भुसालको भनाइ थियो ।यति धेरै नेताहरुले प्रस्ताव संशोधन गर्न माग राखेपनि ओलीले पुर्नविचार गर्न चासो देखाएनन् । त्यस्तै नेता झपट रावलले अध्यक्ष ओलीले १० बुँदे पक्षधरमाथि कत्लेआम गरेको प्रतिक्रिया दिए । अर्का नेता निरज आचार्यले जाजरकोटको सह इन्चार्जमा गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।​

एमालेको कार्यविभाजनप्रति असन्तुष्टि, १० बुँदे पक्षधरलाई विभेद !
नेकपा एमालेमा भएको कार्यविभाजनप्रति नेताहरुले असन्तुष्टि जनाएका छन् । एकपक्षीय ढंगले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको कार्यविभाजन गरेको भन्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतले असन्तुष्टि जनाएका हुन् । भक्तपुरमा शनिबारदेखि चलेको बैठकबाट भएको कार्यविभाजनप्रति नेता झपट रावलले सार्वजनिकरुपमै असन्तुष्टि जनाएका छन् । उनले पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्ने पक्षमा आफूहरुले लामो समयदेखि आवाज उठाउँदै आएपनि केन्द्रीय कमिटी बैठकबाट जसरी जिम्मेवारी बाँडफाँड गर्ने काम भयो त्यो गलत भएको बताए ।

‘जसले यो पार्टीका लागि आफ्नो जीवन दिनुभयो, आफ्नो प्राणभन्दा प्यारो ठान्नुभयो । तर दुई महिने तीन महिने सहयात्रीहरुलाई सम्मान भएको छ । निरन्तर लागेकाहरुलाई चाहिँ अपमान भएको छ’, उनले भने, ‘आन्दोलन र लागि र समग्र पार्टीको हितको लागि यो आफैँमा बेठीक हो ।

यसलाई सच्याउनु पर्छ ।’उनले पार्टीमा विभेद नहुने आफूहरुले टानेपनि त्यसो हुन नसकेको बताए । टंक कार्की जस्तो नेतालाई समेत पोलिटब्युरोमा नअटाएको भन्दै उनले असन्तुष्टि जनाए । १० बुँदे पक्षधरहरुलाई छानीछानी पाखा लगाउने काम भएको पनि उनको भनाइ छ । एमालेको केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो गठन, प्रदेश अध्यक्ष तोक्नेलगायतको निर्णय भएको थियो । ​

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार