• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कमल थापाले लेखे राजेन्द्र लिङ्देनलाई पत्र : निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन (पत्रसहित)


राप्रपाकानिवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरेका छन् ।उनले
निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको पनि बताएकाछन्।‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा

पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाईं पनि हुनहुन्न’, थापाले पत्रमा भनेका छन्, ‘तपाईंको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई पनि यो प्रवृत्तिको शिकार अवश्य हुनु हुनेछ । पार्टी भित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ ।’ थापाले राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्न पनि लिङ्देनलाई आग्रह गरेका छन् । यस विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि थापाले जिकिर गरेका छन् । ‘यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ । यस कार्यमा मेरो पूर्ण सहयोग हुनेछ । यस सम्बन्धमा केन्द्रीय कार्यसमितिले गर्ने बहुमतको निर्णय मेरो लागि शिरोधार्य हुनेछ’, थापाले भनेका छन्, ‘ यो विषयको निराकरण नभएसम्म पार्टीले कुनै गति लिन सक्दैन ।’

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार