• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

केन्द्रीय सदस्य मनोनयन र जिम्मेवारीप्रति भीम रावलको आक्रोश


नेकपाएमालेका पूर्व उपाध्यक्ष भीम रावलवले अध्यक्ष केपी शर्मा ओलीले ‘विनामापदण्ड’ केन्द्रीय सदस्य मनोनयन,पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन
गरेको भन्दै आक्रोश पोखेका छन् । केन्द्रीय कमिटी ले गरेका निर्णयले पार्टीमा गुटबन्दी बढेको भन्दै उनले असन्तुष्टि जनाए । साँफेबगर नगरपालिका-१४ पातलकोटस्थित कालिका माविको

नवनिर्मित भवन उद्घाटन कार्यक्रमा नेता रावलले एमालेमा आइतबार भएको जिम्मेवारी, कार्यविभाजन हेर्दा अध्यक्ष ओलीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीलाई बढवा दिएको बताएका छन् । देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित काम भएको भन्दै उनले पार्टी अध्यक्षबाट गुटबन्दी बढवा दिने निर्णय भएको र त्यसलाई तत्काल सच्याइनु पर्नेमा जोड दिए। नेता रावलले अध्यक्ष ओलीले विगतमा पार्टीमा असन्तुष्ट पक्षलाई दश बुँदे सहमतिमार्फत् समेट्ने क्रममा कसैलाई पक्षपात गर्दिनँ भने पनि त्यस्तो हुन नसकेको बताए । देश र पार्टी हीतविरुद्ध हुने निर्णयको आफूले खबरदारी गर्दै आएको बताउँदै उनले यसलाई निर्न्तरता दिने बताए । नेता रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने षडयन्त्र पूरा हुन नदिने बताए । सत्तारुढ दलका नेताहरु पद जोगाउनको लागि राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट त्यसलाई अनुमोदन गर्ने षड्यन्त्रमा लागेको उनको आरोप थियो । एमसीसीलाई पास गरेर नेपाललाई उपनिवेश बनाउने षडयन्त्र भइरहेको भन्दै देशभक्त नेपालीले त्यसको विरोध गर्नुपर्नेमा जोड उनले जोड दिए ।

र यो पनि
पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको सल्लाह-‘राजेन्द्र लिङ्देनलाई अध्यक्ष मानेर उपाध्यक्षमा बस्नुस्’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूवराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन भए दलमा सामेल भएर आउन ठाडो चुनौती दिएका छन् ।पछिल्लो समय पूर्वराजा शाहले राजनीतिमा आफ्ना गतिविधिलाई सुक्ष्म ढंगले अघि बढाइरहेको संकेत गर्दै अध्यक्ष नेपालले राजनीति गर्न मन भए दलमा सामेल भएर आउन चुनौतीका सल्लाह दि ए ।

सोमबार काठमाडौंमा आयोजित पार्टीनिकट अनेरास्ववियुको अखिल एप्स सार्वजनिक कार्यक्रममा उनले भने, ‘बस्न मन छ भने राम्रो व्यापारी भएर बसे हुन्छ । राजनीति गर्न भए कुनै पार्टीमा सामेल भए राम्रो । होइन राजेन्द्र लिङ्देनलाई अध्यक्ष मान्नुछ भने उपाध्यक्ष भएर बसे हुन्छ, सल्लाहकार भएर बसे हुन्छ । राजनीतिक मैदानमा आउनुछ भने टिकट लिएर आए हुन्छ । होइन भलाद्मी मान्छे बन्नुछ भने समाजको परिवर्तनको संवाहक, सामाजिक अभियन्ता भएर आए हुन्छ ।’अध्यक्ष नेपालले कसैले नसोचेको राजतन्त्रलाई उखेलेर फाले पनि नेपाली राजनीतिको आकाशमा फेरि कालो बादल मडारिरहको बताएका छन् । तर, राजतन्त्र फर्कुन र बगेको नदी उकालो फर्कनु उस्तै रहेको उनको भनाइ छ ।

‘कसैले नसोचेको राजतन्त्रलाई उखेलेर फालिदिएका छौँ । अहिले फेरि नेपाली राजनीतिको आकाशमा कालो बादल मडारिन थालेको छ । राजालाई फर्काउने दुस्साहस गर्न खोजिरहेको छ,’ उनले भने, ‘राजालाई फर्काएर ल्याउनु भनेको नदीको प्रवाहलाई उल्टो घुमाउनुजस्तै हो । जसरी नदी फेरि उकालो जान सक्दैन, त्यसैगरी इतिहास पछि फर्कन सक्दैन । इतिहास पछि फर्केर जान सक्छ ।’अध्यक्ष नेपालले राजनीति गर्न नसके समाजको संवाहक सामाजिक अभियन्ता भएर पनि आउन भनेका छन् । उनले भने, ‘सामाजिक अभियन्ता समाजको लोकतान्त्रिक परिवेश निर्माण गर्ने गर्छ । आलोचना छ भने पनि सुन्ने धैर्यता राख्ने, विभिन्न संगठनका बीचमा प्रतिस्पर्धा हुने दिने, सहीको जीत र गलतको हार हुन्छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार