• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कांग्रेस महाधिवेशन : कसको मत कति ? हेर्नुहोस् पछिल्लो अपडेट


काठमाडौँ — कांग्रेसको सभापतिका लागि भएको निर्वाचनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना भइरहेको छ ।सभापतिका
लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत

ल्याउनैपर्छ । तर, अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन् ।महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । त्यसमध्ये अहिलेसम्म २००६ मत गणना भएको छ ।

अहिलेसम्मको गणनाअनुसार देउवाले ९५८, कोइरालाले ७२६, सिंहले १५३, निधिले ११७ र गुरुङले ६ मत प्राप्त गरेका छन् । सबैभन्दा अगाडि रहेका देउवा र कोइरालाबीचको मतान्तर २३२ छ ।

देउवाले अहिलेसम्म ४७.७ प्रतिशत र कोइरालाले ३६.१९ प्रतिशत मत पाएका छन् । त्यस्तै, सिंहले ७.६२, निधि ५.८ र गुरुङले ०.३५ प्रतिशत मत पाएका छन् ।

कांग्रेसमा यसपटक सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ ।

पछिल्लो अपडेट

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार