• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कांग्रेस मतगणना अपडेट : देउवाले पाए १३१८ अन्य को मत कति ? हेर्नुहोस्


काठमाडौंनेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ।राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेर बहादुर
देउवाको अग्रता कायमै छ । हालसम्म २७७७ मत गणना भएको छ, जसमा देउवाले १३१८ मत पाएका छन् ।अर्का उम्मेदवार शेखर कोइरालाले १०२३ मत पाएका छन्।प्रकाशमान सिंहले

२०५ र विमलेन्द्र निधिले १६६ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार