• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

देउवालाई समर्थन गर्ने प्रकाशमानको निर्णय


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि
नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने

निर्णय गरेका छौं ।’उनले अगाडि भने, ‘नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौं । देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे । देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ ।

दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गर्छौं : शेखर कोइराला

नेपाली कांग्रेसका सभापतिका प्रत्यासी शेखर कोइरालाले दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गरेर चुनाव जित्ने दाबी गरेका छन् ।

मंगलबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान समारोहमा सम्बोधन गर्दै नेता कोइरालाले दोस्रो चरणको निर्वाचन जित्ने दाबी गरेका हुन् ।दोस्रो चरणको चुनावमा हुने भएको छ । यो आन्तरिक लोकतन्त्र हो’ उनले भने, ‘उहाँहरू (देउवा र पौडेल) हाम्रो सम्मानित नेता हो । दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गर्छौं।’

कोइरालाले महाधिवेशन प्रतिनिधिहरूलाई अन्तरआत्माको आवाज सुनेर मतदान गर्न आग्रह गरे ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार