• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

मङ्गलम ट्यांकीभित्र नेताको भविष्य !


काठमाडौं भृकुटीमण्डप बाहिर र भित्र मतदाताको ठूलो लामछ।भित्र कोही मतपत्र लिदैंछन् त कोही ब्यालेटमा उमेदवारलाई भोट हाल्दैछन्।बन्द बाक्समा उमेदवारहरु
को जित र हारको मत खसालेर मतदातहरु फर्किरहेका छन् । मतपत्र खसाल्न बाक्सको रुपमा ५ सय लिटरको पानी ट्यांकी छ । जहाँ बिर्कोमा दुलो पारेर मत खाल्ने व्यवस्था गरिएको

छ । यो दृश्य सोमबार नेपाली कांग्रसको १४औं महाधिवेशनको मतदान केन्द्रको हो ।महाधिवेशन प्रतिनिधिहरुले उमेदवारहरुको जितको फैसला बन्द ट्यांकीभित्र खसाले फर्किएका छन् । अब को जित्ने त्यसको प्रतिक्षामा मतदाता भन्दा उम्मेदवारको बढी चासो छ । एक बर्ष अघिदेघि नेताहरु चुनावको तयारीमा थिए । उनीहरुले जित आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राखेन्न् । अन्तिम घडीसम्म मतदाता फकाए, जितेपछि विकास गर्नेसम्मको आश्वासन दिन छोडेनन् ।‘मलाई जिताउनुस्’ हात जोड्दै प्रधानमन्त्री तथा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा मतदातको भिडमा देखिए । बहालबला प्रधानमन्त्री पार्टी सभापति पदका उम्मेदवार छन् । उनीका प्रतिस्पर्धी डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ पनि कमजोर छैनन् । उनीहरु पनि मतदातालाई चुनावी मैदानमा फकाउँदै थिए । यसले चुनावी मैदानलाई निकै तताएको छ । पार्टीको विभिन्न पदमा उमेदवार बन्नेहरु बहालबला प्रधानमन्त्री, मन्त्रीदेखि जनस्तरमा लोकप्रिय नेताहरु पनि छन् ।

उनीहरुको जितको फैसला बन्द ट्यांकीमा खसेको मत परिणामले गर्ने सिरहाबाट आएका महाधिवेशन प्रतिनिधि शम्भू राम बताउँछन् । ‘सबैले आफ्नो मन परेको प्यान र तीनका नेतालाई भोट हालेका छन्,’उनले भने,‘अब को जित्छन्, हार छन् भन्ने कुरा उमेदवारहरुको मनमा खेलिरहेको छ । कोही त पक्का जित्छौं भनेर खुशीयाली बनाउने तयारीमा पनि होलान् ।’सबै पदको परिणाम आउन कम्तिमा एक साता लाग्ने केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरे सुनाउँछन्। विद्युतीय मतदानमा नेताहरुले विश्वास नगरेका कारण मतदान प्रक्रिया झनझटिलो र खर्चिलो भएको छ । चुनाव जित्न नेताहरुले देवीदेवता गुहारेको मतदान स्थलमा सुनियो । जित हाँसिल गर्न कोहीले मन्दिरमा बोका भढाउने भाकल गरेका छन् भने कतिले भगवान्को पूजा गर्ने ।

‘निर्वाचन भन्ने वित्तिकै जित र हारको कुरोसंग जोडिन्छन् । मतदान भएपछि कस्तो नतिजा आउँछन् भन्ने बिषय उमेदवारहरुमा निकै कौतुहलताको बिषय हुन्छ,’ ललितपुरका गजेन्द्र महर्जन भन्छन्,‘चुनाव जित्न मतादाता फकाउने देखि देवीदेवतासंग जित्न आशिर्वाद मागेका छन् ।’ नेपालीहरु कर्मसंगै मनोकामना पुरा गराउन देवीदेवताको भाकल गर्ने प्रचलन रहेको उनी सुनाउँछन् ।कांग्रेस पुरानो पार्टी हो । जसको महाधिवेशन प्रतिनिधि बन्न पनि गाउँ गाउँमा चुनाव भयो । स्थानीय तहको निर्वाचनमा दलहरु बिच हुने कडा प्रतिस्पर्धा जस्तै झल्को दियो । पाँच लाखसम्म खर्च गरेर गाउँबाट भोट खसाल्नका लागि चुनाव जितेर प्रतिनिधिहरु काठमाडौं आएका सप्तरीका श्याम दास सुनाउँछन् । चुनाव जित्न उमेदवारले साम, दाम, दण्ड, भेद सबै हतकण्डा अपनाउँछन् । भूगोल, जात, धर्म, योग्दान सबैलाई प्रमुख बनाउँछन् ।

राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका प्रचार्य भन्छन्,‘मेरै जित होस् भन्ने चाहना सबैमा हुन्छन् । आफ्ना प्रतिस्पर्धीलाई कसरी पराजित गर्ने दाउ सबैले लगाएका हुन्छन् । ’ मिडियाबाजी, प्रलोभनन, अगामी निर्वाचनमा सघाउने जस्ता आश्वासनले चुनावको परिणमलाई बिशेषरुपमा हेरिएको उनी बताउँछन् ।‘महिनौ अघिको दौरधुप, लगानी, योग्दनापछि बन्द बाक्समा खसेको मतले उमेदवारहरुको निद्रा हराउँछन्, किन भने उनीहरु पलपलको मतपरिणमको अडेटमा हुन्छन्,’ प्रचार्य पौडे्ल भन्छन् । चुनावमा उमेदवारले आफुलाई बलियो ठान्ने होडबाजीले मतपरिणमलाई बहुप्रतिक्षाको मोडमा पु¥याउने गरेको छ ।

‘सबै व्यक्ति चुनाव जित्न लड्दैनन् । केहीले चुनाव जित्न उठ्छन्, कोहीले आफ्नो पहिचान बनाउन अवसरको रुपमा लिन्छन्,’नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा भन्छन्,‘ प्रतिपर्धाको मैदनामा नेताहरु रणनीति बनाउन आफ्नो शक्ति परीक्षण गर्न खोज्छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार