• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

दोस्रो चरणको मतदान सकियो, प्रकाशमान र विमलेन्द्रलाई गगनको प्रश्न : हिजो नेतृत्व परिवर्तन भन्ने, आज रोक्ने ?


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विगतमा पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर सभापतिमा उम्मेदवारी दिएका नेताहरुले पुरानै नेतृत्वलाई समर्थन गर्नुको
कारण पार्टी कार्यकर्तालाई बताउनुपर्ने बताएका छन्।मंगलबार मतदानस्थल राष्ट्रिय सभागृहबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले अघिल्लो दिनसम्म नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेहरु भोलिपल्ट

नेतृत्व परिवर्तन रोक्न लागेको टिप्पणी गरे ।‘हिजो नेतृत्व परिवर्तन गर्न सबै कुरा गर्छु भन्नेहरु आज चाहिँ नेतृत्व परिवर्तन रोक्न सबैथोक गर्नुभयो, यो विषयमा पार्टीका कार्यकर्तालाई उहाँहरुले जवाफ दिनुपर्छ’ उनले भने ।सभापतिमा उम्मेदवारी दिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेकोप्रति टिप्पणी गर्दै थापाले नेतृत्व परिवर्तनमा किन साथ नदिएको भन्ने प्रश्नले उनीहरुलाई लखेट्ने बताए ।नेता थापाले सभापतिका तीन उम्मेदवारले साथ दिँदा पनि देउवामा चुनाव जित्छु भन्ने आत्मविश्वास नदेखिएको टिप्पणी गरे । ‘तीन जनाले समर्थन गरेपछि उहाँ एक हजार मतले अगाडि हुनुहुन्थ्यो, तैपनि उहाँमा आत्मविश्वास देखिएन, दिनभरि उभिएर मतदातालाई नमस्कार गर्नुभयो’ उनले भने ।

काँग्रेस सभापति पदको दोस्रो चरणको मतदान सकियो

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि आज भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । दिउँसो ३ः ३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको हो । उक्त मतदानको मतगणना केही बेरमा सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन् । सोमबारको तुलनामा आजको मतगणना सुरु गर्दा कम समय लाग्ने बताइएको छ । मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका सिलबन्दी गरी मुचुल्का बनाएर गणना सुरु गरिने समितिले जनाएको छ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार