• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

पहिलो चरणभन्दा कम मत खस्यो, कहाँ गए सय बढी मतदाता ?


काठमाडौंनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदानमा चार हजार ७४३ मतदातामध्ये ४हजार ५६३ जनाले मतदान
गरेका छन्।यो संख्या हिजोभन्दा ११६ मत कम हो। पहिलो चरणको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो। केही महाधिवेशन प्रतिनिधिहरु घर फर्किएकाले पनि यो संख्या कम

भएको बताइएको छ। निर्वाचन समितिले अबको केही बेरमै मतगणना हुने जानकारी दिएको छ। राष्ट्रिय सभा गृहमै मतदान हुनेछ। बाँकी पदको मतगणना भने बिहीबारदेखि पार्टी कार्यालय सानेपामा हुने बताइएको छ।
साढे १० बजेदेखि मतगणनाको तयारी, तीन घण्टामा नतिजा आउने

नेपाली काँग्रेसको नयाँ सभापति चयनका लागि मंगलबार भएको पुनः मतदानको मतगणना राति साढे १० बजेदेखि सुरु गर्ने तयारी भएको छ ।

निर्वाचन समितिका सदस्य एगराज पोखरेलले अहिले मतपेटिका सिलबन्दी गर्ने कार्य भइरहेको र सबै प्रक्रिया पुरा गरेर राति साढे १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको जानकारी दिए । उनले मतगणना सुरु भएको ३ घण्टामा नतिजा आउने पनि बताए ।काँग्रेसमा राष्ट्रियसभा गृहमा दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन् ।

सोमबारको तुलनामा आजको मतगणना सुरु गर्दा कम समय लाग्ने भएको हो । मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका शिलबन्दी गरी मुचुल्का बनाएर गणना सुरु गरिने भएको हो । सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।

सोमबारको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरको थिए । सोमबारको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा भने बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार