• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ मंसिर २९ गते बुधवार, यस्तो छ आजको राशिफल


२०७८ मंसिर २९ गते,बुधवार १५ डिसेम्बर २०२१। मार्ग शुक्लपक्ष द्वादशी तिथि। अश्विनी नक्षत्र, प्रातः ७ः०३ बजेदेखि भरणी। चन्द्रराशि– मेष।वि.सं. मंसिर २९, २०७८
। ई.सं. १५ डिसेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलाथ्व । राक्षस, दक्षिणायन, हेमन्त । बुधबार मार्ग शुक्लपक्ष । तिथि- द्वादशी, २७ :०१ बजे उप्रान्त त्रयोदशी।

नक्षत्र- अश्विनी, ७:०३ बजे उप्रान्त भरणी । योग- परिघ, ९:१८ बजे उप्रान्त शिव । करण- वव १४:१५ बजेदेखि वालव, २७:०१ बजे उप्रान्त गर । चन्द्रराशि मेष । आनन्दादि योग मृत्यु । दिनमान २५।५२ । सूर्योदय ६:४८ । सूर्यास्त १७:०९ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश, जाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोबार हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मान प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद समेत बढ्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । आर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार