• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

क्रिकेट टीमका कप्तान र उपकप्तान बर्खास्त, बोर्ड बैठकमा हंगामा


नेपालक्रिकेट एसोसिएसन (क्यान) ले कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । क्यानको बुधबार बसेको बैठकले
उनीहरुले क्रिकेट अनुशासन उलंघन गरेको आरोपमा सो निर्णय गरेको हो। कप्तान र उपकप्तानसहित चार क्रिकेटरमाथि कारबाही गर्ने निर्णयमा नेपाल क्रिकेट संघ (क्यान) का ६ बोर्ड

सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।क्यानको बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाएको छ । साथै मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्रयाकमा शुरुको ६ महिना नराख्ने निर्णय गरेको छ ।

बैठकको निर्णयमा बोर्डका ६ जना सदस्यले भने फरक मत राखेका छन् । बोर्डको निर्णयमा ऋषिराम गौतम, दाउद अन्सारी, करण महतरा, अमितबाबु पाण्डे, छुम्बी लामा र सञ्जय सिंहले नोट अफ डिसेन्ट लेखेका हुन् ।

‘कारबाही निकास होइन, ग्लोबल क्वालिफायर, क्रिकेट बर्ल्डकप लिग–टू जस्ता महत्वपूर्ण प्रतियोगिता खेल्नुपर्नेछ भन्यौं तर उहाँहरुले मान्नु भएन,’ बोर्ड सदस्य छुम्बी लामाले भने, ‘यो निर्णय गलत छ, यसले नेपाली क्रिकेटको हित हुँदैन ।’


राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने
काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।

क्यानले कम्पतान ज्ञानेन्द्र मल्ला र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई अनुशासन उल्लंघन गरेको आरोपमा पदमकु्त गर्ने निर्णय गरेपछि लामिछानेलाई कप्तानको जिम्मेवारी दिने भएको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार