• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कांग्रेस उपसभापतिमा धनराज गुरुङ र पुर्णबहादुर खड्का को सुरुवाती अग्रता


काठमाडौँ — कांग्रेसको उपसभापतिमा पुर्णबहादुर खड्का र धनराज गुरुङले सुरुवाति अग्रता लिएका छन् । सानेपास्थित कांग्रेस मुख्यालयमा मतगणना भइरहेको छ ।
अहिले ३०० मत गणना हुँदा गुरुङले १३१,पूर्णबहादुर खड्काले १२८,विजयकुमार गच्छदारले १२२ र चन्द्र भण्डारीले ९५ मत पाएका छन् ।त्यस्तै, सुजाता कोइराला ३६,महेश आचार्य २५

र दिव्येश्वरी शाहले ६ मत पाएका छन् ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो ।

यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र महेश आचार्य, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् ।


भर्खरै अपडेट
६०० मत गन्दा गुरुङको अग्रता, खड्का र गच्छदारको मत बराबर
नेपाली कांग्रेसको उपसभापति पदको मतगणनामा धनराज गुरुङले अग्रता कायम राखेका छन् । ६०० मतको गणना हुँदा उनले २५८ मत पाएका छन् । त्यस्ते पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले समान २४६ मत पाएका छन् । त्यस्तै चन्द्र भण्डारीले २१५ मत पाएका छन् ।कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुनेछन् ।

१२०० मत गन्दा उपसभापतिमा गुरुङको अग्रता, खड्का दोस्रो स्थानमा
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् । १२०० मत गन्दा धनराज
गुरुङले ५०२ र पूर्णबहादुर खड्काले ४९० मत पाएका छन् ।त्यस्तै विजयकुमार गच्छदारले ४८५ र चन्द्र भण्डारीले ४५० मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार