• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

१२०० मत गन्दा उपसभापतिमा गुरुङको अग्रता, खड्का दोस्रो स्थानमा


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् । १२०० मत गन्दा धनराज
गुरुङले ५०२ र पूर्णबहादुर खड्काले ४९० मत पाएकाछन्।त्यस्तै विजयकुमार गच्छदारले ४८५ र चन्द्र भण्डारीले ४५० मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन्।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार