• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

उपसभापतिको मतगणना : १५ सय मतपत्र गन्दा को अगाडी ?


नेपाली काँग्रेसको१४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभा
गृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी।

हालसम्म १५०० मतपत्र गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ५०० मत, पूर्णबहादुर खड्काले ५४४ मत, चन्द्र भण्डारीले ५०१ मत र धनराज गुरुङले ५८८ मत प्राप्त गरेका छन् । एउटा मतपत्रमा दुई भोट हुन्छ ।यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् ।

यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् ।

रातोपाटी ब्रिफिङ : नेतृत्व बदल्छु भन्ने नै बदलिए, संसद्‍मा सकस

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार