• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

२८ सय मतपत्र गन्दा पूर्णबहादुर खड्काको अग्रता


नेपालीकाँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी।यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृह
मा गरिएकोमा उपसभापतिको मतगणना भनेकेन्द्रीय कार्यालय सानेपामा गरिँदैछ ।सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो।यसपटक उपसभापतिको दौडमा शेरबहादुर

देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् । हालसम्म २८०० मतपत्र गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले १२१३ मत, पूर्णबहादुर खड्काले १३२१ मत, चन्द्र भण्डारीले १११५ मत र धनराज गुरुङले १२६७ मत प्राप्त गरेका छन् । त्यस्तै सुजाता कोइरालाले ३७८, महेश आचार्यले २६६, र दिव्यश्वरी शाहले ११२ मत प्राप्त गरेका छन् ।

सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिएका थिए । जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

नेपाली काग्रेसको उपसभापति पदका लागि अहिले मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा जारी गणनामा सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्काले पुनः अग्रता बनाएका छन्। खड्कालाई शेखर कोइराला प्यानलका धनराज गुरुङले पछ्याइरहेका छन्।
जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो। सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा आज मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन्।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो। उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार