• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

उपसभापतिको मतगणना : ३५५८ मतपत्र गन्दा देउवा पक्षका खड्का र गच्छदार अगाडि


काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा
उप सभापति पदका लागि भएको निर्वाचन को मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय

कार्यालय सानेपामा गरिँदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् । हालसम्म २८०० मतपत्र गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले १४४३ मत, पूर्णबहादुर खड्काले १६३४ मत, चन्द्र भण्डारीले १२५७ मत र धनराज गुरुङले १४३७ मत प्राप्त गरेका छन् । दिव्यश्वरी शाह ११७, सुजाता कोइराला ४३८, महेश आचार्यले ४२३ मत प्राप्त गरेका छन् ।

जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए।कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो। सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा आज मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन्।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो। उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार