• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

काँग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी


नेपालीकाँग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएकाछन्।उपसभापति पदका लागि सोमबार भएको निर्वाचनमा
खड्का र गुरुङ विजयी भएका हुन्।खड्का सभापति शेरबहादुर देउवा र गुरुङ शेखर कोइराला प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।खड्काले २१२१ मत प्राप्त गरेका छन् भने

गुरुङले १९०८ मत प्राप्त गरी उपसभापतिमा विजयी भएका छन् । देउवा पक्षका विजय गच्छदार भने गुरुङसँग २ मतान्तरले पराजित भएका छन् । उनले १९०६ मत प्राप्त गरेका छन् । त्यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।यसपटक उपसभापतिको दौडमा देउवाको प्यानलबाट खड्कासहित गच्छदार, शेखर कोइराला समूहबाट गुरुङसहित चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाहले चुनावी प्रतिस्पर्धा गरेका थिए । महेश आचार्य भने स्वतन्त्रतर्फबाट उठेका थिए । बुधबार राती भएको मतगणनामा गुरुङले सुरुदेखि नै अग्रता लिएका थिए भने गच्छदार र गुरुङको कडा टक्कर चलेको थियो ।काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना भने बिहीबार बिहानदेखि सुरु हुने जनाइएको छ । सभापति पदको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

सभापतिको अनुभव र हाम्रो जोशले पार्टी रुपान्तरण हुन्छ

नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित धनराज गुरुङले सभापति शेरबहादुर देउवाको अनुभव र आफूहरुको जोश जाँगरका आधारमा पार्टी अगाडि बढ्ने बताएका छन् ।

उपसभापतिमा निर्वाचित भएपछि अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै उनले निर्वाचनका क्रममा बनेको प्यानल अब नरहने बताए । ‘सभापतिको अनुभव र हाम्रो जोश जाँगरले पार्टी रुपान्तरण हुन्छ’ उनले भने, ‘अब सभापतिज्यूले पनि हामीलाई न्यायोचित जिम्मेवारी दिनुपर्छ, हामी पनि भागवण्डा खोज्दैनौं ।

निर्वाचनमा हारजित स्वाभाविक हुने भन्दै उनले यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताए । बुधबार राति घोषणा भएको मत परिणामअनुसार उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र शेखर कोइराला प्यानलका गुरुङ निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार