• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ पुस २ गते शुक्रवार, यस्तो छ आजको राशिफल


२०७८ पुस २ गते,शुक्रवार १७ डिसेम्बर २०२१ ।मार्ग शुक्लपक्ष,चतुर्दशी तिथि। कृत्तिका नक्षत्र (११ः२५ बजेदेखि राेहिणी। चन्द्रराशि–वृष।आज श्री शाके १९४३ बि.स.
२०७८ साल पुस २ गते शुक्रबार इश्वी सन २०२१ डिसेम्बर १७ तारीख मार्गशीर्ष शुक्ल पक्ष चतुर्दशी तिथी कृत्तिका नक्षत्र सिद्ध योग गर करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा छत्र

योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु काशिमा पिशाचमोचन तीर्थश्राद्ध
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त तथा साथीभाइसँग भेटघाट हुने र मन प्रसन्न रहने समय रहेको छ । आर्थिक तथा प्राविधिक क्षेत्रबाट पनि राम्रै लाभ लिन सकिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला पनि छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफ्नो दैनिकी काममा ढिलासुस्ती हुनेछ । नजिकैका व्यक्तिसँग असमझदारी बढ्न सक्छ, तर साँझमा आर्थिक लाभ भने मिल्नसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको योजना बन्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनेछ । आफन्तले सहयोग गर्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद् यात्राको योग छ । कलासाहित्यमा रूचि बढ्नेछ । मङ्गल कार्यको योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरमा अतिथिको आगमन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा पनि रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला, साहित्य एवं सङ्गीतमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । यात्राको योजना पनि बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज घरमा अतिथिको आगमन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार