• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ पुस ३ गते शनिवार, यस्तो छ आजको राशिफल


२०७८ पुस ३ गते,शनिवार१८ डिसेम्बर २०२१। मार्ग शुक्लपक्ष, चतुर्दशी तिथि, प्रातः ६ः५६ बजेदेखि पूर्णिमा। राेहिणी नक्षत्र (१३ः५९ बजेदेखि मृगशिरा। चन्द्रराशि– वृष।
वि.सं. पुष ०३, २०७८ । ई.सं. १८ डिसेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलाथ्व । राक्षस, दक्षिणायन, हेमन्त । शनिबार मार्ग शुक्लपक्ष । तिथि- चतुर्दशी, ६:५६

बजे उप्रान्त पूर्णिमा । नक्षत्र- रोहिणी, १३:५९ बजे उप्रान्त मृगशिरा । योग- साध्य, १०:०८ बजे उप्रान्त शुभ । करण- वव ६:५६ बजेदेखि भद्रा, २०:०१ बजे उप्रान्त कौलव । चन्द्रराशि वृष । आनन्दादि योग श्रीवत्स । दिनमान २५।५० । सूर्योदय६:५० । सूर्यास्त १७:१० । पूर्णिमाव्रत, नुवाकोट दुप्चेश्वर मेला, कुठीधान्य लक्ष्मीपूजा, दत्तात्रेयजयन्ती ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । राजनैतिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा खर्च पनि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ काम वा रोजगार पाइनेछ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता समेत बढ्नेछ, तर आफन्तले सहयोग गर्नेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग पाइनेछ । वैदेशिक र न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शत्रु पराजित पनि हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक सुख समेत मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज घरमा अतिथिको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । घरजग्गाको कारोबारमा सफलता पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लाभदायक यात्राको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रूचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । वैदेशिक कार्यहरूमा सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कार्यक्षेत्रमा प्रगति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । आफन्तको सहयोग पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार