• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ पुस ५ गते साेमवार, यस्तो छ आजको राशिफल


२०७८ पुस ५ गते साेमवार,२० डिसेम्बर २०२१। पाैष कृष्णपक्ष, प्रतिपदा तिथि ११ः१३ बजेदेखि द्वितीया, आर्द्रा नक्षत्र १९ः०६ बजेदेखि पुनर्वशु, चन्द्रराशि– मिथुन।वि.सं.
पुष ०५ , २०७८ । ई.सं. २० डिसेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलागा । राक्षस, दक्षिणायन हेमन्त । सोमबार पौष कृष्णपक्ष । तिथि- प्रतिपदा, ११:१३ बजे

उप्रान्त द्वितीया । नक्षत्र- आर्द्रा, १९:०६ बजे उप्रान्त पुनर्वशु । योग- शुक्ल, ११:०८ बजे उप्रान्त ब्रह्म । करण- कौलव ११:१३ बजेदेखि तैतिल, २४:१२ बजे उप्रान्त भद्रा । चन्द्रराशि मिथुन । आनन्दादि योग काल । दिनमान २५।५० । सूर्योदय ६:५१ । सूर्यास्त १७:११ । कोशी कोकासङ्गममेला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मान प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ कामको थालनी होला । शेयर बजारले पनि साथ दिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ समाचार सुन्न पनि पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । यात्रा सफल नै होला। शेयर बजारको कारोबार सफल नै हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । पुँजी बजारबाट सफल मिल्नेछ । पुनर्मिलनको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । भ्रमणको योग पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला ।अरुलाई प्रभावित पारेर काम बन्ने र श्रमको उचित मूल्याङ्कन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार