• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कमलो मन भएका प्रचण्डले ओलीजस्तो ज्याद्रो मान्छेलाई चिन्न सक्नु भएन : माधव नेपाल


काठमाडौंनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो ज्याद्रो मान्छेलाई कमलो मन भएका नेकपा माओवादी
केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिन्न नसकेको बताएका छन्।सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रमलाई सम्बोधन गर्दै

ओलीलाई प्रचण्डले चिन्न नसकेको बताए ।ओली प्रधानमन्त्री हुँदा २०७७ पुष ५ गते गरेको संसद विघटन गरेका थिए । र, त्यसै दिनलाई कालो दिन भन्दै बहस कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा नेपालले भने, ‘पार्टीमा ओलीले मनोमानी गर्न थालेपछि एक अध्यक्षले पार्टी र अर्कोले सरकार सञ्चालन गर्ने जोडदार माग उठ्यो । सरकार र पार्टी आलोपालो चलाउने सहमति पनि भयो । तर कमरेड प्रचण्ड सोझो हुनुभयो । अब मेरो पालो भन्नुपथ्र्यो नि, भन्दै नभन्ने । भर्खरै एकता भएको छ, पार्टी एकता विग्रिन्छ भनेर होला । उहाँको कमलो मनमा त्यही परेछ । केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई उहाँले चिन्नु भएन । केपी ओली हत्तुहैरान भएको मान्छे । तर उहाँलाई पनि ओलीले सहन सकेनन् । आधा आधा कार्यकाल । केपी ओली प्रधानमन्त्री हुने समय सकेपछि कसैले कुर्सी ताक्यो भने कुर्सी भाँचिदिन्छु ।

खोप लिएर आएको विमान मौसम खराबीका कारण अवतरण गर्न सकेन

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन लागेको थियो ।

यस्तै आजै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्रा खोप आउन लागेकोे छ । कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट दिउँसो २ः३५ बजे उक्त खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताउनुभयो । नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको छ ।

प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार