• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ पुस ६ गते मंगलबार, हेर्नुहोस आज तपाईको भाग्य कस्तो छ


आज श्री शाके१९४३ बि.स.२०७८ साल पुस ६ गते मंगलबार इश्वी सन २०२१ डिसेम्बर २१ तारीख पौष कृष्णपक्ष द्वितिया तिथी पुनर्वशु नक्षत्र ब्रह योग गर करण चन्द्र
मा भिथुन राशिमा पश्चात कर्कट राशिमा आनन्दादि योगमा स्थिर योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चलाखीपूर्ण बोलीले काम बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति समेत हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा मधुरता छाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामान हराउने वा चोरी हुने सम्भावना बढी छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शेयर बजारले पनि साथ नदेला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कामको थालनी हुनेछ । काम गर्ने जोस जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य विस्तारै अघि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । दैनिक कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ला । कृषि कार्यमा पनि सफलता पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार