• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०७८ पौष १२ गते सोमवार, यस्तो छ आजको राशिफल


वि.सं. पुष १२,२०७८।ई.सं. २७ डिसेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलागा । राक्षस, दक्षिणायन, हेमन्त ।सोमबार पौष कृष्णपक्ष । तिथि-
अष्टमी, १४:४२ बजे उप्रान्त नवमी । नक्षत्र- हस्त, २५:१३ बजे उप्रान्त चित्रा । योग- शोभन, २७: ४४ बजे उप्रान्त अति गण्ड । करण- कौलव १४:४२ बजेदेखि तैतिल, २६:०४ बजे

उप्रान्त भद्रा । चन्द्रराशि कन्या । आनन्दादि योग वज्र । दिनमान २५।५१ । सूर्योदय ६:५५ । सूर्यास्त १७:१५ । गोरखकालीपूजा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शत्रु पराजित पनि हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विद्या र बुद्धिको विकास हुनेछ । कुनै प्रसङ्गले मनमा शान्ति छाउला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । यात्रामा रूचि पनि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ काम वा रोजगार पाइनेछ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता समेत बढ्नेछ, तर आफन्तले सहयोग गर्नेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज घरमा अतिथिको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । घरजग्गाको कारोबारमा सफलता पनि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा शङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । शेयर बजारमासमेत सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक र न्यायिक कार्यमा पनि सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कार्यक्षेत्रमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । पुँजी बजारले पनि साथ दिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । दिन भ्रमणमा पनि बित्ने छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । वैदेशिक कार्यहरूमा सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । समाजसेवामा मन लाग्नेछ । कुनै कुराले मनमा प्रसन्न रहनेछ । लाभदायक यात्राको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार