• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ पुस १३ गते मंगलवार, कुन-कुन राशिहरूकाे चम्किनेछ भाग्य ? हेर्नुहोस्


२०७८ पुस १३ गते, मंगलवार,२८ डिसेम्बर २०२१। पाैष कृष्ण पक्ष, नवमी तिथि,१३ः२० बजेदेखि दशमी। चित्रा नक्षत्र। चन्द्रराशि– कन्या, १२ः४९ बजेदेखि तुला।पौष कृष्णपक्षको नवमी तिथि,
दिउँसो ०१:२० बजेसम्म, त्यसपछि दशमी तिथि,चित्रा नक्षत्र, मध्यरात्रीपछि १२:१९ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा कन्या राशिमा, दिउँसो १२:४९ बजेसम्म, त्यसपछि तुला

राशिमा, अतिगण्ड योग, मध्यरात्रीपछि ०१:१२ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा गर करण दिउँसो ०१:२० बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि १२:३१ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त तथा साथीभाइसँग भेटघाट हुने र मन प्रसन्न रहने समय रहेको छ । आर्थिक तथा शेयर बजारबाट पनि राम्रै लाभ लिन सकिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साहित्य एवं सङ्गीतमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला पनि छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफ्नो दैनिकी काममा ढिलासुस्ती हुनेछ । नजिकैका व्यक्तिसँग असमझदारी बढ्न सक्छ, तर साँझमा आर्थिक लाभ भने मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा पनि रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको योजना बन्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । आफन्तले सहयोग गर्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरमा अतिथिको आगमन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्राविधिक काममा रुचि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पुँजी बजारमा रूचि बढ्नेछ । मङ्गल कार्यको योग पनि छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज घरमा अतिथिको आगमन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारको क्षेत्रमा रुचि बढ्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार