• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

जन्ती बोकेको जीप दुर्घटनामा मृतकको संख्या पाँच जना पुग्यो


रौतहटमा जन्ती बोकेको जीप (स्कोर्पियो) दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकोछ।गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जीप
दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए । ‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जीप अनियन्त्रित भएर दुर्घटना भयो,’प्रवक्ता

मल्लले भने, ‘पाँच जनाको मृत्यु भएको छ ।’ उक्त जीपमा ८ जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका उनले बताए । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ,’ प्रवक्ता मल्लले बताए । उनका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जीप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिनसकेको उनले बताए ।

मृतकहरुलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको र हालसम्म पहिचान नखुलेको डिएसपी भण्डारीले जानकारी दिए । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

डीएसपी भण्डारीका अनुसार कारमा सावर ८ जनामध्‍ये तीनजना घाइते भएका छन् । उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मृतको पहिचान खुल्‍न सकेको छैन । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गरूडाको टोली घटनास्थलमा पुगेका छन्।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार