• २०८१ असार ४ गते सोमवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०७८ पौष १६ गते शुक्रवार, यस्तो छ आजको राशिफल


वि.सं. पुष १६, २०७८ । ई.सं. ३१ डिसेम्बर २०२१ । शक संवत्१९४३ । नेपाल संवत् ११४२ थिंलागा । राक्षस, दक्षिणायन हेमन्त । शुक्रबार पौष कृष्णपक्ष । तिथि-
द्वादशी ७:२६ बजेदेखि त्रयोदशी,२९:०७ बजे उप्रान्त औंसी । नक्षत्र- अनुराधा,२०:०६ बजे उप्रान्त ज्येष्ठा । योग- शूल, १६:२८ बजे उप्रान्त गण्ड । करण- तैतिल ७:२६ बजेदेखि गर,

१८:१८ बजे उप्रान्त चतुष्पद । चन्द्रराशि वृश्चिक । आनन्दादि योग राक्षस । दिनमान २५।५४ । सूर्योदय ६:५६ । सूर्यास्त १७:१८ । प्रदोषव्रत ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति समेत हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । अवसर गुम्न सक्ने र कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च पनि होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक काम गर्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सफल भ्रमणको योग छ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य विस्तारै अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । भ्रमणको योग पनि छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा मधुरता छाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार