• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

पर्यटन बोर्डमाका सिईओ रेग्मीप्रति मन्त्री आलेको आक्रोश – साँढेले मलाई जबर्जस्ती गर्यो


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म बोर्डको प्रगति नहुने बताएका छन् । पर्यटन बोर्डको
स्थापना दिवसका अवसर मा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।सिइओ रेग्मीको आलोचना गर्दै मन्त्री आलेले भने– धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने

साँढेलाई राखेर बोर्ड चल्छ ?आफूलाई एकपटक जबर्जस्ती लण्डन लगेको प्रसंग कोट्याउँदै उनले त्यहाँ आफू अपमानित भएको सुनाए । ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ ?’उनले आफूलाई खरिद गर्छु भनेर नसोच्न चेतावनी दिए । ‘चार ओटाको टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘इमान बेचेर म यो चेयरमा बस्ने वाला छैन ।’मन्त्रालयमा विकृति धेरै भएको भन्दै सम्हाल्नै गाह्रो भएको पनि उनले सुनाए ।

बिहानैदेखि बन्द विमानस्थल खुल्यो, सुरु भयो उडान र अवतरण

खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान सुरु भएको छ । आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो । विमानस्थल बन्द हुँदा ४ विमानलाई भारत र बंगलादेशका एयरपोर्टमा डाइभर्ट गरिएको थियो ।

खराब मौसमका कारण विदेशबाट आएका ८ अन्तर्राष्ट्रिय उडानले काठमाडौंदेखि सिमराको आकाशमाथि कैयौं पटक चक्कर काटेका थिए । आकाशमै इन्धन सकिन लागेपछि ३ वटालाई बंगलादेशको ढाका एयरपोर्ट एक विमानलाई कलकत्ता डाइभर्ट गरिएको थियो । कुवेतबाट आएको जजिरा एयरका २ विमान र दमामबाट आएको हिमालयन एयरको १ विमानलाई ढाकामा अवतरण गरेका छन् भने फ्लाई दुवईको विमान कलकत्ता एयरपोर्ट डाइभर्ट भएको हो ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार