• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

माओवादी यो देश बाटै साफ भयो नत्र प्रज्ञा भवन गएर हेर्नुस् त : दुर्गा प्रसाई


काठमाडौंःप्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने बताएका छन्।
राजधानीमा आयोजित कार्यक्रममा नेता प्रसाईँले यस्तो बताएका हुन्। उनले मुलकको मुख्य प्रशासनिक केन्द्र (सिंहदरबार)ले पनि प्रधानमन्त्रीको रूपमा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा

ओलीलाई पर्खिएर बसेको बताए।‘प्रिय पार्टी भनेको नै एमाले हो। अब जनताले एमालेलाई रोज्छन्। किनकि हामीले काम गरेका छौं,’ उनले भेन। उनले आगामी निर्वाचनमा जम्मा एक करोड मत खस्यो भने ७० लाख मत त एमालेलाई मात्रै आउने बताए।‘यो देशमा माओवादी नै छैनन् नि, कहाँबाट मिल्नु? म माओवादी थिएँ, अहिले एमालेमा गइसकेँ। असली माओवादी त जम्मै गइसके। अहिले कति छन्? प्रज्ञा भवनमा हेर्नुहोस् न, सिनेमा हलमा? आज ७ दिन भयो।हजार मान्छे होलान् त्यहाँ। हाम्रो महाधिवेशनमा दस लाख मान्छे थिए। तर, हाम्रो ठूला मिडियाले कभरेज गर्न मानेनन्। कन्जुस्याईँ गरे। अब कन्जुस्याईँ नगर्नुहोस, भएको कुरा लेख्नुहोस्,’ उनले भने।

माओवादी महाधिवेशन : यस्तो छ माओवादीको निर्वाचन कार्यक्रम

नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रम अनुसार आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने र भोलि मतदान गर्ने कार्यतालिका रहेको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले आठौँ महाधिवेशन अन्तरगत मतदाता नामावली सर्वाजनिक गरेको छ । मतदाता नामावलीमा १ हजार ७४२ जनाको सूची रहेको छ ।
माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ । ​ विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । ​माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् । यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्ष समेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार