• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

रोकिएनन् दुर्गा प्रसाईका सहयोगी हात, स्कुललाई गरे यस्तो सहयोग


काठमाडौंसुदूर पूर्वका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पछिल्लो समय निकै चर्चामा छन् । समाजसेवामा सक्रिय रहेका प्रसाइले सुदूरपूर्वमा बीएण्डसी अस्पताल, क्यान्सर
अस्पताल र मेडिकल कलेज स्थापना गरेर पूर्वलाई मेडिकल हब बनाइसकेका छन् । हालै बर्ष व्यक्तिको सम्मान समेत पाएका प्रसाईले आइतबार धनकुटाको वेलहारा ५ स्थित देउराली

माध्यमिक विद्यालयले आयोजना गरेको एक कार्यक्रममा सहभागीता जनाएका छन् ।शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै यसअघि पनि विभिन्न विद्यालयमा सहयोग गर्दै आएका प्रसाईले उक्त विद्यालयका शिशु कक्षाका बालबालिकालाई शिक्षण सिकाईमा सहयोग होस् भन्ने भावनाले टिभी सहयोग गरेका हुन् । उक्त कार्यक्रममा सम्बोधनको क्रममा प्रसाईले आउँदो दिनमा पनि विद्यालयलाई भौतिक पूर्वाधारमा सहयोग गर्ने प्रतिवद्दता जनाए । यस्तै उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने पाठेघरको क्यान्सरका बिरामीलाई पनि सहयोग गर्ने पनि बताए ।

उनले सोही अस्पतालमा पाठेघरको क्यान्सरको स्क्रिनिङ नि:शुल्क गरिदिने घोषणा गरेका हुन् । राजनितिमा पनि सक्रिय रहदै आएका प्रसाई हाल नेकपा (एमाले)का उद्योग विभाग उपप्रमुख हुन्। उपप्रमुख प्रसाईंले नेपाली काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई बर्ष व्यक्तिको सम्मान

सुदूर पूर्वका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पछिल्लो समय निकै चर्चामा छन् । समाजसेवामा सक्रिय रहेका प्रसाइले सुदूरपूर्वमा बीएण्डसी अस्पताल, क्यान्सर अस्पताल र मेडिकल कलेज स्थापना गरेर पूर्वलाई मेडिकल हब बनाइसकेका छन् ।

यसैबीच समाजसेवी प्रसाईलाई बर्ष व्यक्तिको सम्मान प्रदान गरिएको छ । बिर्तामोडस्थित गोमेन्द्र कलेजमा दशों बार्षिक उत्सवको अवसरमा आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रले आयोजना गरेको सम्मान कार्यक्रममा प्रसाईलाई बर्ष व्यक्तिको सम्मान प्रदान गरिएको हो । उनको कामलाई कदर गर्दै प्रहरी सेवा केन्द्रका पदाधिकारीले फूलमाला लगाएर सम्मान गरेका हुन् ।

उक्त सम्मान कार्यक्रममा प्रसाईले आफुले जिवनमा धेरै संघर्ष गरेर यो ठाउँमा आइपुगेको र अब सबैले देश निर्माणमा आ(आफ्नो ठाउ बाट योगदान गर्नु पर्ने बेला आएको बताए । उनले अबको बाकीँ जिवन पनि सामाजिक कार्यमा नै बिताउने पनि बताए । नेपालमै समाजसेवा गर्न चाहेको बताउदै प्रसाईले आफ्नो यस अभियानमा सहभागी हुन सबैलाई आग्रह पनि गरे ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष आचार्य, ट्राफ़िक प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठ,शिक्षा सेबी गणेश प्रसाद खनाल,आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष पदम प्रसाई लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार