• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवलाई एसपीले गोली हान्ने धम्की दिएपछी ….


सिरहा — कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई
गोली हान्ने धम्की दिएको दाबी गरेका छन्।यादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति १:२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित

घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका छन् ।गालीगलौज गर्दै तिमीले सरुवा गरायौ, म तिमीलाई छाड्दिन, गोली हानिदिन्छु भन्दै पेस्तोल तेर्साएर आक्रमण प्रयास गरियो,’ कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव र सचिव उपेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘तत्कालै नजिकको प्रहरी चौकीहरूबाट आएका प्रहरी प्रशासनले उक्त आक्रमण प्रयासलाई विफल गराउँदै घर अगाडीबाट एसपी पाण्डेलाई गाडीमा लगेका थिए ।’यसैबीच प्रहरीको धम्कीप्रति विरोध जनाउँदै कांग्रेस कार्यकर्ताहरूले आइतबार मध्यान्ह पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिरोमाइल खण्ड एक घण्टासम्म अवरोध गरेका थिए ।

उनीहरूले टायर बालेर राजमार्गमा अवरोध पुर्‍याएका थिए । कांग्रेस सिरहाले विज्ञप्ति जारी गरी प्रहरी प्रमुख जस्तो व्यक्तिको गैरजिम्मेवार व्यवहार र ज्यानै मार्ने किसिमले गरेको घटनाको भर्त्सना गर्दै तत्कालीन प्रहरी प्रमुख एसपी पाण्डेलाई अबिलम्व कारबाहीको माग गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले एसपी हिरा बहादुर पाण्डे सोमबार बिहानै रमाना लिएर काठामाडौं गइसकेकाले यसबारे आफूले केही भन्न नसक्ने बताए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले घटनाको बारेमा प्रहरी मूख्यालयबाटै छानबिन भइरहेकाले यसबारेमा आफूलाई थाहा नभएको बताए । घटनाको बारेमा बुझ्न प्रदेश २ प्रहरी कार्यालयका डिआइजी उमेश रन्जितकार सोमबार यादवको जिरोमाइलस्थित घरमा पुगेका थिए ।प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ ।

एसपी पाण्डे ८ असार २०७८ मा सरुवा भई जिल्ला प्रहरी कार्यालयमा आएका थिए ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार