• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन फागुन ११ गते हुने


काठमाडौं :एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन फागुन ११ गते हुने भएको छ। तुलसीलाल स्मृति प्रतिष्ठान,च्यासलमा बसेको राष्ट्रिय युवा
संघ नेपाल केन्द्रीय कार्यालय कमिटीको तेस्रो पूर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन फागुन ११ गते गर्ने निर्णय गरेको हो। महाधिवेशन तयारीका लागि पौष २८ र २९ गते केन्द्रीय सचिवालयको

बैठक पोखरामा हुने भएको छ। बैठकले माघ ७ गते ६७४३ वटै वडा अधिवेशन, माघ १५ गते ७५३ वटै पालिका र ७४ वटै अन्तर जिल्ला अधिवेशन, २०७८ माघ २२ गते ७७ वटै जिल्ला अधिवेशन, २९ गते ७ वटै भौगोलिक प्रदेश र अन्तर जिल्ला विशेष प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ। एमालेले १० औं महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण गरेको हो। पार्टी केन्द्रीय कमिटीको बैठकले फागुन मसान्तभित्र सबै जनसंगठनका राष्ट्रिय सम्मेलन /अधिवेशन आयोजना गर्न निर्देशन दिएको थियो।

राष्ट्रियसभामा सत्तारुढको भागबन्डा, एमाले एक्लै
१९ राष्ट्रियसभा सदस्य चयन गर्न माघ १२ गते हुने निर्वाचनमा सत्तारूढ दलहरूले उम्मेदवार भागबन्डा गरेका छन्। कांग्रेसले ६ सिट, माओवादी केन्द्रले ५, नेकपा (एकीकृत समाजवादी)ले ५, जनता समाजवादी पार्टीले २, राष्ट्रिय जनमोर्चाले १ सिटमा उम्मेदवारी दिने भएका छन्।

गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको सोमबार बालुवाटारमा बसेको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो। पहिले जुन पार्टीबाट सदस्य रिक्त भएको हो त्यो सिट सोही पार्टीलाई दिने, बाँकी रहने ८ सिटमा भने भागबन्डा गरिएको जनाइएको छ। एमाले भने एक्लै राष्ट्रियसभा सदस्य निर्वाचनमा उत्रिएको छ। राष्ट्रियसभाका २० सदस्यको पदावधि आगामी फागुनमा सकिँदै छ। जसमध्ये एमालेका ८, माओवादी र नेकपा एकीकृत समाजवादीका ४/४, कांग्रेसका ३ जना छन्। एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका थिए।अहिले रिक्त भएकामा जसपा र जनमोर्चाका थिएनन्। गठबन्धन बैठकले एमालेले यसअघि जितेका ८ सिट भागबन्डा गर्दा कांग्रेसलाई ३, जनता समाजवादी पार्टीलाई २, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई १/१ सिट दिएको हो। भागबन्डाअनुसार उम्मेदवार निर्वाचित भए राष्ट्रियसभामा जनमोर्चाको पनि सांसद हुनेछ।राष्ट्रियसभामा मनोनीत तीनमध्ये रामनारायण बिडारीको पदावधि सकिँदै छ। राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। तत्काल गठबन्धनको सम्भावना देखिएन। कतै निर्वाचनको बीचमा गठबन्धनको सम्भावना देखिए अध्यक्ष ओलीलाई कसलाई राख्ने, कसलाई निकाल्ने जिम्मा दिएका छौं।
युवराज ज्ञवाली, एमाले उपाध्यक्ष

जसको पदावधि सकिँदै छ
प्रदेश १ मा परशुराम मेघी गुरुङ र नैनकला दाहाल, प्रदेश २ मा शुभनराज प्याकुरेल र राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, बागमतीमा राधेश्याम अधिकारी र उदया शर्मा पौडेल, गण्डकीमा दीनानाथ शर्मा र शान्तिकुमारी बीसी, लुम्बिनीमा दृग नारायण पाण्डे र कोमल वली, कर्णालीमा ठगेन्द्र प्रकाश पुरी र कविता बोगटी तथा सुदूरपश्चिममा शेरबहादुर कुँवर र तारादेवी भट्टको पदावधि सकिँदै छ। समावेशी दलित समूहतर्फ गण्डकीमा खिमकुमार विक, सुदूरपश्चिममा चक्रप्रताप स्नेही र लुम्बिनीमा रामलखन चमार तथा अपांगता वा अल्पसंख्यकतर्फ कर्णालीमा जीवन बुढा र प्रदेश १ मा अगमप्रसाद वान्तवा राईको पदावधि सकिँदै छ।

कांग्रेसले तय गर्‍यो उम्मेदवार
कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ६ जना उम्मेदवार तय गरेको छ। केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले ६ जनाको नाम टुंगो लगाउँदै अनुमोदन गरेको हो। पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ र सुदूरपश्चिममा नारायणदत्त मिश्रलाई उम्मेदवार तोकेको छ। प्रदेश १ का उम्मेदवार बस्नेत झापाका पुराना नेता हुन्। उनी अघिल्लो पटक मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रिय सभामा पठाएकामा राष्ट्रपति विद्यादेवी भण्डारीले भने अस्वीकृत गरेकी हुन्। त्यस्तै अर्का बागमती प्रदेशका उम्मेदवार पौडेल पार्टी कार्यालयका मुख्य सचिव हुन्। यसअघि पनि मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रियसभामा पठाएकामा राष्ट्रपतिले अस्वीकृत गरेकी थिइन्।

जो छन् एकीकृत समाजवादीका उम्मेदवार
नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रदेश १ मा जयन्ती राई, बागमतीमा गोमा तिमल्सिना, लुम्बिनीमा राजेन्द्र लक्ष्मी गैरे, कर्णालीमा उदय बोहरा, सुदूरपश्चिममा मदनकुमारी (गरिमा) शाहलाई उम्मेदवारका रूपमा अघि सारिएको बताए।

एमाले एक्लै
राष्ट्रियसभा निर्वाचनमा एमाले एक्लै लड्ने भएको छ। सत्तारुढ पाँच दलको गठबन्धनविरुद्ध एमाले १९ वटै सिटमा प्रतिस्पर्धामा उत्रिएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पदाधिकारीको बैठकले सातै प्रदेशबाट खाली सिटका लागि सर्वसम्मत ढंगले उम्मेदवार चयन गरेको छ। एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीले संस्थागत निर्णय गरेर उम्मेदवार टुंग्याइएको जानकारी दिए।

‘संस्थागत निर्णय गरेर उम्मेदवारी टुंग्याएको छौं’, उपाध्यक्ष ज्ञवालीले भने, ‘तत्काल गठबन्धनको सम्भावना देखिएन। अनि हामीले सबै सिटमा उम्मेदवार टुंग्यायौं। कतै निर्वाचनको बीचमा गठबन्धनको सम्भावना देखिए अध्यक्ष ओलीलाई कसलाई राख्ने, कसलाई निकाल्ने जिम्मा दिएका छौं।’ एमालेले प्रदेश १ बाट खुलातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी अल्पसंख्यकबाट सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ । प्रदेश २ मा खुलातर्फ धनुषाका असर्फी भिनवार यादव (धनुषा) र महिलामा रौतहटकी बिना साह उम्मेदवार बन्नेछन्। बागमतीमा खुलातर्पm ललितपुरका गोपाल शाक्य र महिलामा सिन्धुलीकी निरकुमारी कुँवर (निरु) दर्लामी, गण्डकीमा खुलातर्फ कास्कीका पुण्यप्रसाद पौडेल, महिलातर्फ नवलका लीला पोखरेल थनेट र दलिततर्फ अर्जुनकुमार सुनार उम्मेदवार बन्ने भएका छन्।

लुम्बिनीमा खुलातर्फ दाङका रामदयाल गुप्ता, महिलातर्फ बाँकेकी भारती खनाल र दलिततर्फ गुल्मीका कृष्णबहादुर सुनारलाई टिकट दिइएको छ। कर्णालीमा खुलातर्फ सर्खेतका चूडामणि शर्मा, महिलातर्फ जुम्लाकी गंगा थापा महत र अल्पसंख्यकतर्फ दैलेखका पदमबहादुर माझीलाई उम्मेदार बनाउने निर्णय एमालेले गरेको छ।सुदूरपश्चिममा खुलातर्फ डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीकी सन्तोषकुमारी उम्मेदवार बन्नेछन्। एमालेबाट निर्वाचित ८ राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ। एमालेबाट बाहिरिनेमा प्रदेश १ मा परशुराम मेघी गुरुङ, नैनकला ओझा र अगमप्रसाद वान्तवा, प्रदेश २ मा सुमनराज प्याकुरेल, लुम्बिनीमा कोमल वली र रामलखन चमार, कर्णालीमा कविता बोगटी र सुदूरपश्चिममा चक्रप्रसाद स्नेही छन्।

यो निर्वाचनका लागि प्रदेशसभा सदस्य ५ सय ३२ तथा गाउँपाकिला अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिका प्रमुख तथा उपप्रमुख १ हजार ४ सय ९२ गरी जम्मा २ हजार २५ जना मतदाता छन्। जसमा प्रदेशसभा सदस्यको पदभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको पदभार १८ हुन्छ। यो निर्वाचनका लागि प्रदेश १ मा २ वटा मतदान केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदानस्थलभित्र २/२ वटा मतदानकेन्द्र रहने गरी ८ मतदानस्थलमा १४ वटा मतदानकेन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रदेश १ मा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ। त्यस्तै प्रदेश २ को लागि महेन्द्र नारायण निधि भवन, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेशसभा भवन धनगढीमा मतदास्थल रहने गरी तोकिएको छ।

राष्ट्रिय सभामा ३ जना राष्ट्रपतिबाट मनोनीत गरी ५९ सदस्य हुने व्यवस्था छ। प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित, एक अपांगसहित ८ जना राष्ट्रियसभामा निर्वाचित हुने व्यवस्था छ। ती सदस्यको कार्यकाल छ वर्षको हुने गर्छ। तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो। राष्ट्रियसभामा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ। त्यसअनुसार यसपटक सातै प्रदेशमा एक महिलासहित २–२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १–१ जना तथा प्रदेश १ र कर्णाली प्रदेशबाट अपांगता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदैछ।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार