• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

‘पिर्के सलामी’ : रामकुमारीलाई ‘राजकुमारी’ बन्न मन लागेपछि… (तस्वीरहरू)


काठमाडौं। अहिले बजारमा पिर्के सलामीको व्यापक आलोचना भइरहेको छ । विशेषगरी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार
झाँक्रीले गृह जिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएको तस्वीर बाहिरिएपछि फेरि पिर्के सलामीको सर्वत्र आलोचना भइरहेको छ।

आफ्नै गाउँमा आफ्नै पहलमा प्रहरी कार्यालय स्थापना गरेको उपलक्ष्यमा मन्त्री झाँक्रीले सलामी लिएकी हुन् । उनको यो पिर्के तस्वीर बाहिरिएपछि अहिले सर्वत्र आलोचना भइरहेको छ । जबकि सत्ताबाहिर हुँदा झाँक्री आफै पिर्के सलामीकाे विराेधी थिइन् ।पिर्के सलामी लिने प्रचलन भने रामकुमारी झाँक्रीदेखि सुरुवाती भएको होइन । तर, जब उनी रातो पिर्कामाथि उभिएर सलामी खाइरहको तस्वीर बाहिरियो त्यसपछि फेरि सेलाएकाे पिर्के सलामी बजार तताएकाे छ । साथै, यसले सत्तामा बस्दा कति माेह हुँदाेरहेछ भन्नेचाहीँ झल्काएकाे छ नै ।

विगतमा कस्ले कुन पिर्के सलामी लिए तस्वीरमा हेरौँ :
१. सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले लिएको ‘पिर्के सलामी’

२. २०७६ असारमा धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर परशु नेपालले टेबुलमा चढेर ‘पिर्के सलामी’ लिएका थिए ।

३. २ वर्षअघि तत्कालीन नेकपा एमालेबाट मेयरमा विजयी भएका परशु नेपाल (हाल एकीकृत पार्टी नेकपाका नेता) ले भने पिर्कामाथि नचढी टेबुलमाथि चढेर सलामी ग्रहण गर्दै

४. २ वर्षअघि हुम्लामा जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको ​पिर्के सलामी

५.​ २ वर्षअघि बाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलको टेबलमाथि चढेर लिएको पिर्के सलामी

६. १ वर्षअघि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पिर्के सलामी

७. ओखलढुंगाबाट प्रदेशसभा ‘क’ का निर्वाचित सांसद अम्बिरबाबु गुरुङका पिर्के सलामी

८ . २ वर्षअघि झापाका जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले लिएको सलामी

९. केही वर्षअघिको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पिर्के सलामी

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार