• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राष्ट्रियसभा निर्वाचनमा ओलीले हार स्वीकारे : माधव नेपाल


काठमाडौंनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको टिप्पणी
गरेका छन् ।पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले ओली घमण्डी भए पनि राष्ट्रियसभा निर्वाचमा हार स्वीकार गरेको टिप्पणी गरेका हुन् ।शुक्रबार

भर्चुअल माध्यमबाट जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने बताएका थिए ।ओलीको सोही भनाइलाई उधृत गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘आज तपाईंहरुले सुन्नुभएको होला–केपी ओलीको एउटा भाषण । त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ । …तर कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन ।’ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाए ।‘७७ जिल्लामा एकैचोटी जिल्ला अधिवेशन उद्घाटन गर्ने । देशैभररि एकैचोटी । यसले के हुन्छ, थाहा छ ? नयाँ नेतृत्व स्थापित हुँदैन । जिल्लाजिल्लामा जिम्मा दिएको भए, त्यहाँ नेतृत्व जाने थियो । सम्बोधन गर्ने थियो । कार्यकर्ता भेला गर्ने थियो । कार्यकर्तालाई परिचालित गर्ने थिए । सबैले विषयबस्तुहरु प्रस्तुत गर्ने थिए । अनि नेतृत्व स्थापित पनि हुने थियो’ उनले भने, ‘तर त्यसो गर्ने पद्धति नै त्यो समूहमा छैन ।

प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीलाई भेटेर संसद अवरोध अन्त्यका लागि आग्रह गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको गतिरोध अन्त्यका लागि विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकमा संसदको गतिरोध अन्त्यबारे छलफल भएको थियो । बैठकले एमाले अध्यक्ष ओलीलाई भेटेर गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको छ ।

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल भन्छन्, ‘आजभोलि नै प्रधानमन्त्रीले विपक्षी दलको नेतालाई भेट्नुहुन्छ र संसदको अवरोध अन्त्यका लागि आग्रह गर्नुहुन्छ ।’ उनका अनुसार प्रधानमन्त्रीले ओलीलाई भेटेपछि पाँचदलीय समन्वय समितिको बैठक बस्नेछ र संसद कसरी चलाउने भनेर छलफल गर्नेछ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको थियो । १२ माघमा हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनले सिट भागबण्डा गरेर उम्मेदवारी दर्ता गरेका छन् ।निर्वाचनलाई लक्षित गरेर जिल्ला जिल्लामा समन्वय समिति बनाउने समेत छलफल भएको छ ।

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार