• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राष्ट्रिय सभा निर्वाचन पछि ओली–देउवा सरकारमा, प्रचण्ड–माधवको पत्तासाफ, बालकोट वार्ताको गोप्य प्रस्ताव


काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचकोभेटवार्ता सतहमा आएजस्तो विषयमा मात्रै केन्द्रीत रहेन।किनकि ओलीले देउवासँगको
भेटवार्तामा राजनीतिक कोर्ष करेक्शनकै विषय प्रस्ताव गरेका छन् ।गत भदौ २३ देखि संसद्मा जारी गतिरोध अन्त्य र एमसीसी अनुमोदनको विषयमा मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीचको एक्लाएक्लै वार्ता सकियो कि राजनीतिक कोर्ष करेक्शनकै तहमा पुग्यो ?शनिबारदेखि केहीप्रश्नहरु राजनीतिक वृत्तमा उब्जएिको छ ।किनकि झण्डै चार महिनादेखि चिढीएको प्रतिपक्षलाई फकाउन कुनै कसरत नै नगरेको सत्तापक्ष एमाले अध्यक्षकै दैलोमा पुगेर संवादको सुरुवात गरेको छ । यसले केवल औपचारिकता मात्र नभएर नयाँ राजनीतिक घ’ट’ना परिघ’टित हुने संकेतसमेत गरेको छ ।फलतः देउवा र ओलीबीचको भेटवार्ताका विषय जति सतहमा आएका छन् त्यो भन्दा धेरै अन्तर्यमा उनीहरुको उठबस छ भन्ने अडकल छ । संसदको अव’रोध हटाउन र एमसीसी सम्झौता संसद्बाट पारित गर्न त एमाले अध्यक्ष ओलीको कुनै विमती नै छैन ।किनकि एमसीसी यसअघि नै ओलीले पास गर्न चाहेकै विषय हो भने संसद अवरो’ध आफ्ना माग सम्बोधनको अस्त्र हो । यसैलाई हति’यार बनाएर ओली गठबन्धन भत्काउनेदेखि सत्ता साझेदारीसम्मको मार्ग तयार पारिरहेका छन् । एमाले अध्यक्ष ओली निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवासँगको वार्तामा ओलीले समीकरण फेरबदलको कुरालाईमुख्य प्रस्तावका रुपमा अघि बढाएका थिए ।

राष्ट्रिय सभा निर्वाचन पछि सत्ता समीकरण फेरबदल गर्दै एमाले र काँग्रेससहित केही साना दलको सहभागितामासरकार बनाउने, देउवालाई प्रधानमन्त्रीकै रुपमा निरन्तरता दिएर काँग्रेसलाई ११ मन्त्रालय दिने, एमालेले ८ मन्त्रालय लिने र बाँकी मन्त्रालयमा सहायक दललाई समेट्ने ओलीको प्रस्ताव थियो ।यसो गर्दा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई राजनीतिक खेलबाटै पत्ता’साप पार्ने सकिने ओलीको दृढ विश्वास देखिन्छ । तर बाँकी प्रधानमन्त्री देउवाकै हातमा रहेको एमाले नेताहरु बताउँछन् ।सांगठनिक आधार कम’जोर र विभाजनको मा’र खेपेका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्ताकै आडमा चुनावमा गएर जनाधार तयार गर्ने अनि सत्ता स्वाद लिइरहने दा’उमा छन् ।

तर एमाले चाहीँ त्यस्तो रणनीति भत्का’उने दाउमा छ । यसैकारण ओली एमाले र काँग्रेसको समीकरणसहित सरकार बनाउने र लगत्तै संसदीय चुनाव घोषणा गर्ने चाहनामा लिप्तरहेको विज्ञहरुको बुझाई छ । यसो गरे एमसीसी पास गर्न कुनै सम’स्या नपर्ने आश्वासनसमेत देउवालाई दिएका छन् ।अबको राजनीतिक खेलमा स्वदेशी खेलाडीमात्रै होइन बाह्य चलखेल पनि सक्रिय हुने आँकलन कतिपयको छ । समीकरण फेरबदल भएपनि चुनाव घोषणा गर्न दिने र राष्ट्रिय मुद्दामा कि’चलो मच्चाएर चुनावमा भाँजो हालिरहने नीति विदेशीको हुन सक्छ ।

यसबाहेक ओली र देउवाको तयारीमा सभामुखसमेत निर्णायक अवरो’धक बन्न सक्नेछन् । ओलीसँग मिलेर एमसीसी पारित गर्न देउवा अघि बढे सभामुखले रोक्न सक्ने आधार छ ।जुन खेल पुन शक्तिको दुरुपयोगमा टुंगिन सक्छ । तर एमसीसीकै कार्ड फालेर देउवालाई नयाँ सभामुख ल्याउन बाध्य पार्ने ओलीको अर्काे तयारी हो कि ? त्यो संसय पनि पारिलो बनेर उदाएको छ ।

हेर्नुस् भिडियो

स्रोत : योहो टिभी एच डि।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार