• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना …..


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले चढेको जिप कैलालीमा दुर्घटनामा परेको छ । काठमाडौँबाट धनगढी हुँदै कञ्चनपुरको महेन्द्रनगर जाने
क्रममा उनी चढेको गाडी कैलालीको एयरपोर्ट मोडमा दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीकाअनुसार मंगलबार राति करिब सवा ८ बजेतिर

बा ४ च १३७७ नम्बरको निजी कारले मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई एयरपोर्ट मोडमा ठक्कर दिएको थियो । ठक्करबाट गाडीमा सामान्य क्षति पुगेपछि मन्त्री आलेसहित गाडीमा रहेका सबै सकुशल रहेको उनले मकालुखबरलाई बताए ।मन्त्री आले महेन्द्रनगरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अर्को गाडी चढेर त्यसतर्फ गइसकेका छन् । ठक्कर दिने कारका चालक पवन कठायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने चालक पक्राउ

पर्यटनमन्त्री प्रेम आले चढेको कार दुर्घटनामा परेको छ । कैलालीको धनगढी विमानस्थलबाट बाहिरिने क्रममा आले सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा मन्त्री आले सुरक्षित रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मंगलबार साँझ साढे आठ बजे विमानस्थलबाट बाहिरिने क्रममा मूल सडकमा पुग्ने बित्तिकै मन्त्री आले सवार सुप ०१ ००१ झ ३३३ नम्बरको गाडीलाई कारले ठक्कर दिएको हो । बा ४६ प १३७७ नम्बरको कारले गाईलाई ठक्कर दिएर अनियन्त्रित भई मन्त्री सवार कारलाई ठक्कर दिएको जोशीको भनाइ छ ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको र कार चालक कञ्चनपुर कृष्णपुर ९ निवासी पवन कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ । मन्त्री आले कञ्चनपुर जाने कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार