• २०८१ मङ्सिर १९ गते बुधवार
  • Preeti To Unicode

रेल्वेमा ५५ जना पुरानोलाई हटाएर नयाँ कर्मचारी भर्ना गरेपछि विवाद


जनकपुरधाम:रेल्वेमा पुरानोलाई हटाएर नयाँ कर्मचारी भर्ना गरेपछि विवाद चुलिएकोछ।नेपाल रेलवे कम्पनीअन्तर्गतको जयनगर जनकपुरधाम रेल सञ्चालनका पूरानो कर्म
चारी लाई हटाएर अवमुल्यन गर्दै महाप्रबन्धकले आफ्ना पार्टीका कार्यकर्तालाई भर्ना गरेको विषयमा विवाद उत्पन्न भएको हो।केपी ओली नेतृत्वको सरकारमा तत्कालिन रेलवे महाप्रबन्धक गुरु

भट्टराईले पूरानो रेल्वे कर्मचारी मध्ये ६५ र विभिन्न तहगरी १ सय ५१ जनालाई गत वैशाख महिनादेखि श्रावण महिनासम्म एक महिना प्रशिक्षण दिए दुई महिनासम्म डियुटीमा खटाएका थिए। तर उनीहरुलाई बर्खास्त गरेर अहिलेको महाप्रबन्धक निरञ्जन झाले आफ्नो मान्छे भर्ना गरेर तालिम दिन लागेको भन्दै यसअघि नियुक्त गरिएका कर्मचारीहरु विरोध उत्रेका छन्। रेल्वे सञ्चालनका लागि १ सय ५१ जना कर्मचारीलाई प्रशिक्षण दिई दुई महिना खटाएर अहिले तिनीहरुलाई हटाएर ५५ जना नयाँ कर्मचारी भर्ना गर्न गोप्य रुपमा मंगलबारदेखि तालिम सुरु गरेको छ।पाँच दलीय नयाँ गठबन्धनमा माधव नेपालको सिफारिसमा नियुक्त गरिएको महाप्रबन्धक निरञ्जन झाले पुरानो नियुक्तिलाई अबमुल्यन गर्दै पार्टी कार्यकर्ता भर्ना स्थल बनाएर तालिम दिन लागेको पुराना कर्मचारी मध्येका एक अजयकुमार गोइत बताए।उनले भने, ‘हामीहरु प्रक्रिया पुरा गरेर तालिम लिई दुई महिनासम्म डियूटी समेत गरे, तर अहिले आएर एउटा विज्ञप्तिको भरमा हटाएर नयाँ कर्मचारी गरेर गोप्य स्थानमा तालिम दिइरहेको छ। रेल्वेको प्रशस्त पुर्वाधार हुँदाहुँदै लुकेर तालिम दिइरहेको छ।’

जनकपुरधामको मत्स्य विकास तालिम केन्द्रमा आयोजना गरिएको सो तालिम स्थलमा ११ बजेदेखि विरोध प्रदर्शन गरेका छन्। उनीहरुले आफूहरुलाई के कति कारणले हटाइएको भनी महाप्रबन्धक झासँग जवाफ मांग्दै नाराबाजी गरिरहेका थिए। ‘पछिल्लो पटक लोक सेवाले निकालेको विज्ञापनको आधारमा निवेदन दिएर तालिम लियौं, सोही आधारमा नेपाल रेल्वेमा दुई महिनासम्म डियूटीमा पनि खटायो, डियूटी गरेको तलब पनि पाएको छैनौं, सबै प्रमाण हुँदाहुँदै मुल्याङकनै नगरी निकालियो,’ सभ इन्जिनीयरमा तालिम लिएका सुजित साहले भने।

उनले रेल सञ्चालनका लागि गत साउन महिनामा तालिमका लागि १ करोड १५ लाख रुपैयाँ खर्चिएको थियो। अहिले फेरि तालिम दिनु राज्य ढुकुटीको रकम दुरुपयोग गर्न खोजिएको आरोप छ। पुरानो तालिम लिएकाहरुलाई हटाएर नयाँ भर्नाका कर्मचारीलाई तालिम दिइरहेको प्रसंगमा रेल्वेका महाप्रबन्धक झाले भने, ‘नयाँ पुरानो कर्मचारी के हो मलाई थाहा छैन, लोक सेवा आयोगले करारमा कर्मचारी भर्ना गर्न पाइँदैन भन्नेपछि उनीहरुलाई कानुन सम्मत हटाएर दैनिक ज्यालादारीमा कमर्चारी भर्ना गरेर तालिम दिन लागेका हौं। यसअघि कुन तालिम भएको थियो, कसलाई भर्ना गरेको थियो, कति रकम खर्च भएको थियो भन्ने सन्दर्भमा कुनै तथ्याङक छैन।’

उनले यसअघि रेल संचालनका लागि हस्तान्तरण नहुँदै, पुर्वाधार तयार नभएको बेलामा लोकसेवा विज्ञापन स्थगिनपछि स्वविवेक रुपमा खटाइएको कर्मचारीलाई आफूले हटाएको स्विकारे। तर सञ्चारकर्मीहरुले तालिम दिइएको र हटाइएको सबै थोक प्रमाण छ भन्ने प्रसंग पत्रकारविरुद्ध जाइलाग्दै भने प्रमाण छ त म के गर्ने, आफूले कम्पनीको ऐन कानून अनुसार हटाएका छौं र नयाँ भर्ना गर्न लागेका छौं यसमा मलाई कसैलाई स्पष्टीकरण दिन जरुरी छैन।

उता रेल्वेका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले रेल खरिदपछि पुरानो कर्मचारीको पीडमार्का बुझेर घरबाट बोलाएर लोकसेवा आयोगको विज्ञापन अनुसार निवेदन दिन लगाएर उत्तिर्ण भएकाहरुलाई डियूटीमा खटाएको बताए। तर अहिले दलीय स्वार्थमा आफ्ना पार्टीका कार्यकर्ता भर्ना गर्नु सरासर भएको प्रतिक्रिया दिए।‘हामी सरकारको दलीय आधारमा होइन, बरु योग्य सक्षम र पुराना कर्मचारीको पीडालाई बुझेर राखेका थियौं, तर अहिलेका सत्ता पक्षधरले आफ्ना दलका कार्यकर्ता भर्ना गर्न महाप्रबन्धक झालाई मतियार बनाएका हुन्,’ उनले भने।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार