• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ पुस ३० गते शुक्रवार, यस्तो छ आजको राशिफल


२०७८ पुस ३० गते, शुक्रवार, १४ जनवरी २०२२। पाैष शुक्लपक्ष, द्वादशी तिथि। राेहिणी नक्षत्र। चन्द्रराशि– वृष। वि.सं. पुष ३०, २०७८ । ई.सं. १४ जनवरी २०२२
। शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलाथ्व । राक्षस, दक्षिणायन हेमन्त । शुक्रबार पौष शुक्लपक्ष । तिथि- द्वादशी, २२:४२ बजे उप्रान्त त्रयोदशी । नक्षत्र- रोहिणी, २१:१० बजे

उप्रान्त मृगशिरा । योग- शुक्ल, १४:५९ बजे उप्रान्त ब्रह्म । करण- वव ९:३८ बजेदेखि वालव, २२:४२ बजे उप्रान्त गर । चन्द्रराशि वृष । आनन्दादि योग मित्र । दिनमान २६।१६ । सूर्योदय ६:५८ । सूर्यास्त १७:२८ । मुस्याडुलि ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । सफल यात्रा र आफन्तबाट सहयोग मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्ला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) उपहार पाइन सक्छ । आफन्तसँग भेटघाटले मन प्रसन्न रहनेछ । नयाँ कार्यको योजना बन्नेछ, तर शृङ्गार तथा अनावश्यक खर्च पनि बढ्नसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पुर्याउनु पर्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल राख्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार