• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मानवीय सहायता सामाग्री लिएर परराष्ट्र मन्त्रालयको नेतृत्वमा नेपाली टोली अफगानिस्तान प्रस्थान


काठमाडौंपरराष्ट्र मन्त्रालयको नेतृत्वमा टोली सहयोग सामाग्रीलिएर अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेकोछ।हिमालय एयरको चार्टर जहाजबाट परराष्ट्र मन्त्रालय
का अधिकारी लगायतको टोली १४ टन खाद्य, लत्ताकपडा औधषी लगायतका सामाग्री लिएर आइतबार बिहान काबुल प्रस्थान गरेको हो। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खडकाले नेपालको इतिहासमा पहिलो पटक हवाइ जहाज चार्टर गरेर मानवीय सहयता पठाइएको बताए। मन्त्री खडकाले भने, ‘नेपाल लिन मात्र हैन संकट परेको बेलामा अन्य मुलुकलाई दिन पनि सक्छ।’ परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा टोली काबुल गएको हो। नेपाली टोलीले काबुल स्थित राष्ट्रसंघको कार्यालयमा नेपालबाट लगिएको सामाग्री बुझाउने छ। नेपाली टोली आजै स्वदेश फर्किने छ। निजी क्षेत्रको योगदानमा सरकारले अफगानिस्तानमा सहयोग सामाग्री पठाएको हो। तालीबान सरकारले सत्ता कब्जा गरेसँगै मानवीय संकट उत्पन्न भएको अफगानिस्तानलाई राष्ट्रसंघको आग्रहमा नेपाल सरकारले सहयोग सामग्री पठाएको हो। सार्क अध्यक्ष राष्ट्र नेपालले सदस्य राष्ट्र अफगानिस्तानलाई सहयोग पठाएर अभिभावको भुमिका समेत निर्वाह गरेको छ। तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको छ। अफगानिस्तानमा तालिबानीले सत्ता कब्जा गरेपछि त्यहाँका नेपालीमाथि सुरक्षा जोखिम बढेकाले सरकारले उद्दार कार्य गरेको थियो।

अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकट देखिएको समाचारहरु सार्वजनिक भएका छन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले दक्षिण एसियाली मुलुक अप्ठेरोमा परेका बेला मानवीय सहयोग गर्नु नेपालको नैतिक जिम्मेवारी भएको बताए ।नेपाली हवाइजहाजले लिएर जाने खाद्यान्न, लत्ताकपडा र औषधी काबुलमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण गर्नेछ ।

अफगानिस्तानलाई गर्ने मानवीय सहयोगले संकट परेका बेला नेपालले ठूलो स्केलमा सहयोग पनि गर्न सक्छ भन्ने सन्देश दिने मन्त्री खड्काले बताए । ‘देशको इमेज विल्ड अप गर्न र हम्रो क्षमता छ भन्ने सावित गर्नका लागि यो एउटा मिसन हो’ उनले भने ।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार