• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सरकारले जारी गर्‍यो ३६ बुँदे आदेशपत्र (पूर्णपाठसहित)


काठमाडौं ।सरकारले ३६ बुँदे आदेश पत्र जारी गरेको छ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन रोकथामा गर्न भन्दै सरकारले लामो बुँदासहित आदेश
जारी गरेको हो।संक्रमण रोकथाम,उपचार,नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गरेकोहो।मन्त्रिपरिषदबाट

पारित भएको आदेशमा सार्वजनिक स्थानहरुमा भीडभाड गर्न नपाइने उल्लेख गरिएको छ । त्यस्तै आमसभा, जुलुस, सभा र भेला हुन पाइने छैन । कुनैपनि बैठक तथा छलफल गर्नुपर्ने स्थिती आए भर्चुअल माध्यमबाट गर्नुपर्नेछ । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३६ बुँदे आदेश जारी गरेको छ ।पछिल्लो मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिको अधिकार प्रयोग गरी आदेश जारी गरेको हो ।सो आदेश अनुसार अब आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिसभेला हुने क्रियाकलाप माघ मशान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ । त्यस्तै गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्ने, भौतिक रुपमा नै उपस्थित भइ गर्नुपर्ने भएमा जनस्वास्थ्यको मापदण्ड पालना गरी एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरु बढीमा २५ जना सहभागी रहने गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

आदेशको पूर्णपाठ

नयाँ संक्रमितको दुई तिहाइ उपत्यकामा मात्रै
आइतबार देशभरमा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भयो । नयाँ संक्रमित मध्ये दुई तिहाइ भन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो । १२,५६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४,५३४ र २,५६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको छ ।

नयाँ संक्रमित मध्ये ३,३४७ जना काठमाडौं उपत्यकाका हुन् । यो संख्या आइतबार पहिचान भएका कुल संक्रमित ४,९६१ दुई तिहाइभन्दा बढी हो ।उपत्यकामा पनि सबभन्दा धेरै काठमाडौंका छन् । काठमाडौंमा २,५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना छन् ।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार